चाैतारा । चाैतारा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्षमा केशवराज गिरी नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष गिरीले बिहिवार एक कार्यक्रमका बिच पदभार ग्रहण गरे । उनी प्रदेश अस्पताल सञ्चालन कार्यबिधि अनुसार अध्यक्षता नियुक्त भएका हुन् ।
गिरीले अस्पतालकाे उन्नति र प्रगतिकाे लागि सदैव लाग्ने प्रतिबद्धता जनाए । उनले अझ कसरी प्रभावकारी बनाउन सकिन्छ त्यसतर्फ आफू अग्रसर रहने बताए । वागमती प्रदेश सरकार मातहत प्रादेशिक अस्पताल चाैतारामा यसभन्दा अघि समाजसेवी टंकबहादुर कार्की अध्यक्षकाे रुपमा रहेका थिए । कार्की कै पालामा १५ सैयाकाे अस्पताललाई ५० सैयामा पुर्याएकाे हाे । पदभार ग्रहण कार्यक्रममा बाेल्दै ३ बर्षे कार्यकालमा सहयाेग गर्ने समिति सदस्य र अस्पताका कर्मचारीहरुलाई निवर्तमान अध्यक्ष कार्कीले धन्यवाद व्यक्त गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष कार्कीलाई अस्पतालले कार्यकालकाे याेगदानकाे कदर गर्दै सम्मान गरिएको थियाे ।
अस्पताल सञ्चालन समितिका सदस्य एवं चाैतारा साँगाचाेकगढी नगरपालिका सामाजिक बिकास समिति संयाेजक रामप्रसाद गाैतमले नगरपालिकाबाट आवश्यक सहयाेग गर्ने बचनबद्धता जनाए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुव दंगालले समिति र कर्मचारीहरुकाे पारस्परिक सम्वन्धकाे आधारमा समस्या उत्पन्न नहुने गरि सेवा प्रवाहमा जाेड दिन आग्रह गरे ।
अस्पतालकाे हालकाे अवस्थाकाे बारेमा मेडिकल सुपरिटेन्डेन डाक्टर रुद्रमणी भण्डारीले जानकारी गराएका थिए । उनले समग्र अवस्थाकाे बारेमा तयार पारिएको बिवरण नवनिर्वाचित अध्यक्ष समक्ष पेश गरे ।
अस्पतालका मेडिकल अधिकृत डाक्टर अमरदिपकुमार शाहकाे उदघाेषणममा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य , अस्पतालका कर्मचारीहरु र समाजसेवीहरुकाे सहभागीता रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्