२०८१ माघ १
                           

जसले खाद्यान्न दिएर जन्मदिन मनाए

चौतारा । जन्मदिन मनाउने परम्परा अब नयाँ रुपमा विकसित हुन थालेकाे छ । यस्तै पराेपकारी जन्मदिन मनाउनेमा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बाे पनि हुन् । जसले आफ्नो जन्मदिन चाैतारा बृद्धाश्रम सेवा समितिकाे संरक्षणमा रहेका १७ बृद्धबृद्धालाई खाद्यान्न दिएर मनाए ।

स्याङ्बाेले २५ हजार बराबरको खाद्य सामग्री बृद्धबृद्धालाई हस्तान्तरण गरे । २५ केजिकाे आठ बाेरा चामल, एक बाेरा दाल, चार कार्टुन बिस्कुट र एक बाक्सा खानेतेल बृद्धाश्रमलाई उपलब्ध गराएका हुन् ।

जुगलबाट साेमबार बिहान चाैतारा आएका अध्यक्ष स्याङ्बाेले खाद्य सामग्री समितिकी सचिव हाेमकुमारी पुरीलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्