लागु औषध नियन्त्रण सम्बन्धि ३ महिने अभियान कार्यक्रम पूर्व भौतिक पूर्वाधार विकास मन्त्रि युवाराज दुलाल शरदको प्रमुख आतिथ्यतामा चौतारामा सम्पन्न भएको छ । बुधबार चौतारा टुडिखेलचोक फल्चामा जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकको आयोजनामा कार्यक्रम भएको हो ।
विहान भिन्तुनाचोक चौतारादेखि लागु औषध विरुद्धका विभिन्न नारा लेखिएका प्लेकार्ड सहित पूर्वमन्त्रि एवं सांसद दुलाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी, जनप्रतिनिधि, सत्तारुढ दलका प्रतिनिधि, महिला सन्जाल, पत्रकार तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु र्यालीमा सहभागी भइ फल्चामा कोणसभा गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रि दुलालले लागु औषध नियन्त्रण गर्न अभियानले महत्वपुर्ण भुमिका खेल्ने बताउदै अवैध लागु औषधहरूको उत्पादन, वितरण, र प्रयोगलाई नियन्त्रण गर्न सयोग पुग्ने बताए । साथै कानून, नीतिहरू, र अभियानले समाजमा लागु औषधको दुरुपयोगलाई रोक्न र स्वास्थ्य र सुरक्षामा सुधार ल्याउन मद्दत गर्ने उनको भनाई थियो ।
मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ ।यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ । कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो ।
प्रतिक्रिया दिनुहोस्