नेवाः देय् दबु मेलम्ची नगर समितिको दोस्रो अधिवेशनबाट सुदर्शन श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । बुधबार मेलम्चीमा अधिवेशनको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान लगायतले उद्घाटन गर्नुभएको थियो ।
समितिको बरिष्ठ उपाध्यक्षमा उत्तमनारायण श्रेष्ठ , महिला उपाध्यक्ष पुर्णिामा श्रेष्ठ , उपाध्यक्ष पवेन्द्र श्रेष्ठ, सचिव प्रेमकृष्ण श्रेष्ठ , महिला सचिव चन्दा श्रेष्ठ, कोषाध्यक्ष सुरेश श्रेष्ठ सहित १७ सदस्यीय कार्यसमिति चयन गरिएको निवर्तमान अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।सदस्यहरुमा निरन्जन श्रेष्ठ , कमल श्रेष्ठ , प्रकृति श्रेष्ठ , यज्ञकृष्ण श्रेष्ठ , विश्वराम श्रेष्ठ , प्रविन श्रेष्ठ , श्यामकृष्ण श्रेष्ठ , जुना श्रेष्ठ र पुरुषोत्तमनारायण श्रेष्ठ रहनु भएको छ । त्यस्तै जिल्ला प्रतिनिधिमा राधाकृष्ण श्रेष्ठ, एकलाल श्रेष्ठ , चन्दा श्रेष्ठ पुर्णिामा श्रेष्ठ र पुरुषोत्तमनारायण श्रेष्ठ चयन हुनुभएको श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि नगरप्रमुख तामाङले नेवार समुदायको चाडपर्व। संस्कृतिको धनि रहेको बताउनुभयो । उहाँले नगरपालिकाले परिक्षणको रुपमा मेलम्चीको एक विद्यालयमा तामाङ भाषा पठनपठान सुरु गर्ने बताउँदै चाँडै नेवारी पनि सुरु गरिने बताउनुभयो । नगरको बडापत्रमा पनि तामाङ र नेवारी भाषा समावेश गरिने उहाँले बताउनुभयो । उहाँले यहाँका नेवार समुदायका भाषा, कला, संस्कृति जर्गेना गर्न नगरले सहयोग गरेको बताउँदै थप सहयोग गर्न तयार रहेको बताउनुभयो ।
विषेश अतिथि उपप्रमुख प्रधानले अरु भन्दापनि पहिला नेवार समुदाय जागरुक भएर लागेमा मात्र भाषा, कला, संस्कृति जर्गेना गर्न सकिने बताउनुभयो । उहाँले आफ्ना सन्ततिलाई आफ्नो भाषा, कला, संस्कृति सिकाई यसको जर्गेना गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले नगरले सम्पुर्ण जातजातिको उत्थानका लागि र संस्कृति, भाषा जोगाउन सहयोग गरिरहेको बताउनुभयो ।
नेवाः देय् दबु केन्द्रिय सचिव हरिकुमार श्रेष्ठले स्थानिय। संघ र प्रदेश सरकारले जनजातिको शिर्षकमा आएको रकम सोहि शिर्षकमा खर्च गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दुबुका संघिय परिषद सदस्य अमृतबहादुर श्रेष्ठ, प्रदेश सदस्य ज्ञानेन्द्र श्रेष्ठ ,संखधर साख्वा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, समाजसेवी सिद्धिनारायण श्रेष्ठ, जिल्लाका बरिष्ठ उपाध्यक्ष राधाकृष्ण श्रेष्ठ , राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला अध्यक्ष रिना श्रेष्ठ लगायतले नेवारी संस्कृति ,भाषा रहनसहन जर्गेना गर्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्