चौतारा अस्पतालले सामाजिक परिक्षण गरेको छ । अस्पतालमा सेवाग्राहीले भोग्नुपरेको समस्या, गुनासा र समाधानका उपाय पहिचान गर्न सामाजिक परीक्षण गरिएको हो ।
अस्पतालबाट शल्यक्रिया सेवामा विरामीले रगतको लागि भौतारिने पर्ने भएकाले ल्बड वैकं सञ्चालन गर्न माग गरेका छन् । तर पछिल्लो बर्षको तुलनामा थप धेरै सेवा बिस्तार गरि सेवा ग्राहीलाई सेवा दिई रहेको अस्पतालले पूर्वाधारसँगै बिरामी सेवामा गम्भीरता देखाएकोप्रति सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।
समाजिक परिक्षणको रिर्पाेटको आधारमा विगतमा भन्दा अस्पतालमा विरामीको सेवा वृद्धिमा सुधार हुदै गएको छ । एम्वुलेन्स संख्या थप र व्लड बैक चाडै सञ्चालनको योजनामा रहेको अस्पतालका अध्यक्ष केशवराज गिरीले बताए ।
अस्तालमा सेवा थपिएपछि विगतमा भन्दा दोब्बर विरामीले सेवा लिएको मेडिकल सुपरिडेन्टेन्ट (मेसु) डा.रुद्रमणि भण्डारीले जानकारी दिए । चालुआर्थिक वर्षमा औषधी मेडिकल सप्लाई,गुणस्तर सुधार, कर्मचारी प्रोत्साहन,उपकरण र कर्मचारी तलव लगायतमा एक करोड ७५ लाख ७२ हजार खर्च भएको छ ।
५० शैयाको अस्पतालमा २४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स–रे र फिजोयो थेरापी सेवा दिने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्