२०८१ माघ २४
                           

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ कार्यक्रम सम्पन्न 

हिराहरि तेक्वान्दो डोजाङ , चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा रहेको हिराहरि तेक्वान्दो डोजाङको तालिम हलमा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सिनियर खेलाडीहरु, अभिभावक तथा खेलाडीहरुको बाक्लो उपस्थितिमा रातो कालो पेटि , प्रथम डान कालो पेटीको ग्रेडिङ भएको छ ।

रातो पेटीबाट रातो कालो पेटीमा विजय श्रेष्ठ र निभा श्रेष्ठ उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि सुसन खत्री र सुनिधी कक्षपति रातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ । दोस्रो डान कालो पेटीको कोरियन प्रमाणपत्र पनि वितरण गरिएको थियो । सिनियर ग्रेडिङ परिक्षामा उतिर्ण हुन सफल खेलाडीहरुलाई संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले बधाई दिनुभयो । ग्रेडिङ प्रमुख गुरुङलेनै लिनु भएको हो।

प्रतिक्रिया दिनुहोस्