१८ माघ, काठमाडौं । सिन्धुपाल्चोककाे बाह्रविसे नगरपालिका वडा नम्बर १,२ र ६ का युवाहरु नेपाली काग्रेस, नेकपा एमाले लगायत पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
शुक्रबार नवप्रबेशीहरुलाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी निवास खुमलटारमा खादा लगाएर स्वागत गरेका हुन् । साथै उनीहरुलाई पार्टी सदस्यता पनि प्रदान गरिएको थियाे ।
नवप्रवेशीहरुले स्थानीय खानेपानी , सिचाइ र सडक समस्याहरु अध्यक्ष प्रचण्डसामु राखेका थिए । प्रचण्डले सिन्धुपाल्चोककाे सुखमा पनि , दुःखमा पनि संगै रहेकाे भन्दै खानेपानी र सिंचाइका कामलाई प्राथमिकताकासाथ गरिने वचन दिए । सिन्धुपाल्चोककाे आर्थिक समृद्धिका लागि चीन सरकारसँग पटकपटक छलफल भएकाे र उक्त छलफलपछि आंशिक रुपमा नाका सञ्चालनमा आएकाे बताए । प्रचण्डले आगामी दिनमा पूर्ण रुपमा हरहमेसा सञ्चालनमा ल्याउन पहल गरिने संकल्प गरे ।
उनले पार्टी प्रबेश गरेकाहरुलाई उच्च सम्मानकासाथ जिम्मेवारी प्रदान गर्न जिल्ला पार्टी जिल्ला ईन्चार्ज केशब नेपाल र केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटालाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्