२०८१ माघ २१
                           

रत्न राज्य मावि चनौटेको ६१ औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

सिन्धुपाल्चोक । जुगल गाउँपालिका वडा नम्बर ५ चनौटेमा रहेको श्री रत्न राज्य माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पूर्व विद्यार्थी पूनर्मिलन समारोह सम्पन्न भएको छ ।

विद्यालयको ६१ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पूर्व विद्यार्थी पूनर्मिलन समारोह विव्यस अध्यक्ष रविन्द्र सिलवालको अध्यक्षता,वागमती प्रदेश सभा सदस्य माननीय सरल सहयात्री पौडेलको प्रमुख आतिथ्य, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र जुगल गाउँपालिका उपाध्यक्ष हिमाल कुमार श्रेष्ठको विशेष आतिथ्यमा भब्य रुपमा सम्पन्न भएको हो ।

प्रदेश सांसद माननीय सरल सहयात्री पौडेलले विद्यालयको वार्षिकोत्सव उद्घाटन गरेका थिए। ग्रामिण क्षेत्रमा रहेको यो विद्यालयको भौतिक वृद्धि र विकासका लागि उनले निरन्तर पहल गरिरहने प्रतिबद्धता जनाए। ‘मैले विगतमा जस्तै आगामी दिनमा पनि विद्यालयका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।

शैक्षिक सुधारका लागि जुगल गाउँपालिकाले महत्वपुर्ण काम गर्दै आएको छ र हाम्रो क्रम जारी नै छ।त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको प्रमुख रेशम स्याङबोले बताए ।
वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिकादत पौडेलले आगामी दिन हरुमा भावी योजना तथा रणनीति प्रस्तुत गर्दै विद्यालयलाई गाउँपालिका कै एक नमुना विद्यालयको रुपमा स्थापित गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा र विद्यालयबाट प्रथम, दृतीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्