नेपाल तामाङ समाज जापानको आयोजनामा सोनाम ल्होछार “बृहत सांस्कृतिक साँझ-२०२५” भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको सुरुवात प्रमुख अतिथिबाट दीप तथा क्ष्योमी प्रज्वलन गरी लामा गुरुबाट पूजापाठ गरेर गरिएको थियो। त्यसपछि समाजका सचिव मनिता मोक्तानले स्वागत मन्तव्य राख्नुभयो। राष्ट्रिय गान र तामाङ जागरण गीत “उठौ माथी माथी” प्रस्तुत गरिएपछि सांस्कृतिक कार्यक्रम सुरु भएको थियो। कार्यक्रममा नेपाल तामाङ समाजलाई सहयोग गर्ने महानुभावहरुलाई तामाङ पहिचानसहितको सम्मान पत्र वितरण गरिएको थियो।
नेपाल तामाङ समाज जापानको टिमले संस्थाको गीतमा फुल डान्स प्रस्तुत गर्यो भने पूर्व अध्यक्षद्वय रुबिना तामाङ र कुमार मोक्तानले संस्थाको तर्फबाट शुभकामना मन्तव्य राखेका थिए । अतिथिहरु एनआरएनए अध्यक्ष नविन निउरे, रबिन शेरचन (उपाध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद)ले पनि आफ्नो मन्तव्य राखेका थिए। डेलिसा लामाले डम्फुमा सेलो नृत्य प्रस्तुत गरेपछि कार्यक्रम थप मनोरञ्जनात्मक बनेको थियो।
कार्यक्रमलाई थप आकर्षक बनाउन नेपालबाट आमन्त्रित चर्चित मोडल एवं डान्सर याङ्गी दोङ तथा जापानमै रहेका गायक अनिल लामा, कर्म दोङ र अन्य कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति दिएका थिए। गंगा योन्जन, सागर पाखीन, तिलक लामा, प्रेमिका बल, निशान लामा, प्रकाश ग्लान तामाङ, शर्मिला तामाङ लगायत थुप्रै कलाकारहरुले गीत, नृत्य र अन्य प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।
नेपाल तामाङ समाज जापान (एनटिएसजे )टिमले सामूहिक नृत्यहरु पनि प्रस्तुत गरेको थियो। एटम सिन्जुकु हलमा दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म भएको कार्यक्रममा ड्राईगन बर्ग (डुक ल्हो) को बिदाई र सर्प बर्गको स्वागतमा शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा संस्थाद्वारा निर्मित डकुमेन्ट्री पनि विमोचन गरिएको थियो। नेपाल तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा जापानस्थित नेपाली राजदूतावासका महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा एनआरएनए अध्यक्ष नविन निउरे र नेफिन अध्यक्ष हवल चन्द्र लामाको उपस्थिति रहेको थियो। औपचारिक रुपमा संचालित कार्यक्रमको संचालन बलराम थिङ तामाङ र म्हेन्दो लामाले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्