२०८१ माघ २१
                           

ठूलोसिरुवारीको सेतिदेवि माविको प्राङगणमा सिकाई मेला

 

चौतारा साँगाचोक गढी नगरपालिका १३ नं वडा ठूलोसिरुवारीको आयोजनामा सिकाई मेला कार्यक्रम भब्यतासाथ सम्पन्न भएको छ । श्री सेतिदेवि माविको प्राङगणमा भएको सिकाइ मेलामा शिक्षक तथा विद्यार्थीहरुको निकै मेहनत झल्किन्थ्यो । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि महत्पुर्ण प्रयास गरिएको सिकाइ मेलामा देखिन्थ्यो ।


सिकाई मेलामा विद्यार्थीहरुले खेलका माध्यमबाट सिक्ने विभिन्न विधिहरु पनि देखाइएको थियो । मेला अनुगमन गर्न पुगेका मेयर सापकोटाले सिकाई मेला एकदमै महत्वपुर्ण सिकाई अभ्यास देखिएको बताए । मेयर सापकोटाले मेलामा प्रदर्शन गरिएका सामग्रीहरुमा नगपालिकाको विभिन्न धरोहरलाई कलात्कम रुपमा प्रस्तुत गरिएको पाएको भन्दै खुशि ब्यक्त गरे ।


पूर्वजहरुले गरेका अभ्यासहरु गुन्द्री बुन्ने, ढिकी, जातो मात्र नभई अहिले विज्ञान र प्रविधिको विकास भएको समयमा विश्व चिनाउन सक्ने क्षमता र आविस्कार गर्न सक्नुपर्ने मेयर सापकोटाले बताए ।
सिकाइ मेलामा विभिन्न शैक्षिक सामग्रीहरु प्रदर्शन गरिएको थियो । मेलाले विद्यार्थीलाई सिकाइमा थप उर्जा र सकारात्मक ज्ञान प्राप्त हुनका साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा टेवा पुग्ने वडाध्यक्ष राम प्रसाद गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्