२०८१ चैत्र १
                           

बिरामी संग  स्वास्थ्यकर्मी कार्यक्रम प्रभावकारी हुदै

मेलचौर सहरि स्वास्थ्य केन्द्रद्वारा  सन्चालित बिरामी संग घर घरमा स्वास्थ्यकर्मी कार्यक्रम प्रभावकारी  रुपमा सन्चालन भैरहेको छ। शुक्रबार चौतारा साँगाचोक  गढी नगरपालिका ७ स्थित कल्लेरीमा ९१ जना जेष्ठ नागरिकलाई सेवा दिइएको छ ।
नगरपालीकाको योजना अनुरुप प्रत्येक महिनाको अन्तिमहप्ता स्वास्थ्य सेवा लिन बाट बन्चित भएका विभिन्न  टोलमा वस्तीमा पुगेर सेवा उपलब्ध गराउदै आएको  शहरी  स्वास्थ्य केन्द्रका प्रमुख केदार दुलाले बताए ।
उनी भन्छन् हामिले जो बिरामी स्वास्थ्य संस्था आउन सक्दैनन् अनि सुगर, प्रेसर, दम जस्ता दीर्घ रोगी,  ड्रेसिङ, कमाथेटर फेरर्नु पर्ने समस्यालाई घरमै गई सेवा सुविधा दिइन्छ ।
औषधी सेवन गरिरहेका सुगरका बिरामी, प्रेसरका बिरामीलाई  उपलब्ध औषधी वितरण गर्दै आइरहेको दुलालले जानकारी दिए । उनले भने यो ठाऊँमा अपाङ्गता, टि.भिका बिरामी पनि छन् उनीहरुलाई घरमा नै औषधी पुर्याउने र स्वास्थ्य अवस्था बुझछौँ ।
 स्थानिय बृद्धहरुले कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिएका छन। उनीहरु भन्छन् हामीलाई समस्या हुदा बोलउदा आउनु हुन्छ ।
यस्तै एकजना प्रेसरका बिरामीले एक महिनालार्ई पुग्ने औषधी घरमा नै आएर दिएकाले  चौतारा सम्म धाउनु नपर्ने बताए ।कार्यक्रम राम्रो भएको अनुभव गरेको बताउदै स्थानीय  खुशी भएका छन ।
साथै गर्भती जाँच, सुत्केरी भेटघाट कार्यक्रम पनी उपलब्धि मुलक भएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्