२०८१ फाल्गुन २७
                           

कसजुको नेतृत्वमा ब्लड डोनर्स एसोसियसन सिन्धुपाल्चोक जिल्ला शाखा गठन

रक्तदानलाई प्रवद्र्धन गर्दै समाजसेवामा योगदान दिने उद्देश्यले ब्लड डोनर्स एसोसियसन सिन्धुपाल्चोक जिल्ला शाखा गठन भएको छ । एक विशेष समारोहका बीच कन्चन स्मृति ग्राम विकास पुस्तकालयका संस्थापक समेत रहेका पत्रकार सुरेश कसजुको अध्यक्षमा १५ सदस्य सहितको  जिल्ला शाखा गठन भएको हो ।

सदस्यहरु

नेपाल स्काउट सिन्धुपाल्चोक – मिना देवी श्रेष्ठ

सेवा कम्युटर चौतारा -प्रभात श्रेष्ठ

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक – दिपक खत्री

लायन्स क्लब काठमाडौ चौतारा सिटि – रमेश दुलाल

निमार्ण ब्यवसायी संघ सिन्धुपाल्चोक – कमल श्रेष्ठ

भुलभुले युवा क्लब- प्रल्हाद वि.क,

चौतारा स्पोर्टिङ क्लब – सविन श्रेष्ठ

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ- निर्मल बस्नेत

महिला शशक्तिकरणb -सरोजा श्रेष्ठ 

किउल साना किसान कृषि सहकारी संस्था -रवि भण्डारी,

इन्सुरेन्स माइक्रो फाइनान्स क्लब – पवन सापकोटा

, सामाजिक अभियान नेपाल – लक्ष्मण सिलवाल,

रेडियो मेलम्ची – दिपक विक्रम देउजा,

सुनौलो विहानी अभियान -सुजता सापकोटा

लायन्स क्लब अफ काठमाडौँ सिन्धु चौतारा सिटि- राकेश राना

सदस्यमा चयन भएका छन् । 

विभिन्न स्वास्थ्यकर्मी, रक्तदाता, सामाजिक अभियन्ता तथा स्थानीय संस्थाहरुको प्रतिनिधिको सहभागीतामा  जिल्ला शाखा गठन गरियो । जिल्ला शाखाको नव गठित समितिको पहिलो बैठकले पदीय जिम्मेवारी तोक्ने निर्णय समेत गरेको छ । ब्लड डोनर्स एसोसियसनका केन्द्रिय सदस्य खिलनाथ सिग्देललाई सिन्धुपाल्चोकको जिम्मेवारी तोकिएको छ ।   शाखाले निकट दिनमा चौतारामा ब्लड बैंक स्थापना र रक्तदानको महत्त्व र नियमित रक्तदानले समाजमा पार्ने सकारात्मक प्रभावबारे अभियान संचालन गर्ने अध्यक्ष कसजुको भनाई छ ।

नवगठित समितिले आगामी दिनमा रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम, रक्तदान शिविर तथा आकस्मिक रक्त सहयोग जस्ता कार्यहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । ब्लड डोनर्स एसोसिएसन नेपालले सामाजिक क्षेत्रमा केही गरौं भन्ने भावना भएका मानिसहरु मात्र संस्थाको टिममा रहनुपर्ने नियम छ  । ब्लड डोनर्स एसोसियसन नेपाल मातहत रहने उक्त शाखाले सिन्धुपाल्चोक जिल्लाभर रक्तदान अभियानलाई प्रवद्र्धन गर्दै आवश्यक व्यक्तिहरूलाई शीघ्र र सुरक्षित रक्त उपलब्ध गराउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्