२०८१ फाल्गुन २८
                           

विप्रेषण र यसको प्रयोजमा चुकेको हाम्रो देश र समाज 

रामकृष्ण पराजुली – सामान्यतया कुनै एक स्थानबाट कुनैपनि प्रयोजनको लागि अर्को स्थानसम्म रुपैयाँ पैसा पठाउने कार्यलाई विप्रेषण भनिन्छ । विप्रेषण अथवा रेमिट्यान्स अँग्रेजीमा च्झष्ततबलअभ बाह्य देशमा कार्यरत नागरिकद्वारा आफ्नो लेशमा प्रवाह हुने पुँजी, नगद वा वित्त हो ।

केही वर्ष अघिसम्म नेपाली अर्थतन्त्रको मुल आधारको रुपमा कृषि र यसबाट हुने उत्पादनलाई लिइन्थ्यो । तर बढ्दो बजारीरण, बसाईसराई र वैदेशिक रोजगारीको कारणले गर्दा कृषि क्षेत्रा निर्भर जनसंख्यामा कमी आएको पाइन्छ । वसको फलस्वरुप आजको दिनको नेपालको अर्थतन्त्रमा विप्रेषण क्षेत्रको योगदान प्रवल देखिन्छ । या भनौं विप्रेषण नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थावित भएको पाइन्छ ।

यस क्षेत्रको योगदान कुल ग्राहस्थ उत्पादनका २०.८% रहेको पाइन्छ । जबकी सम्पूर्ण कृषि उत्पादन र यसको क्षेत्रको षेगदान पनि यस्तै यस्तै रहेको पाइनछ । पछिल्लो केही समयको विप्रेषणको अवस्थालाई तलको तालिकामा प्रस्तुत गरिएको छ ।

पछिल्लो आर्थिक वर्ष २०२३।२४ मा विप्रेषण १६.५% ले बढेको देखिन्छ । जसको फलस्वरुप १२–१३ महिनाको आयातनलाई धान्न सक्ने संचिति अर्थतन्त्रमा देखिन्छ । जुन अर्थतन्त्रको अनुकुल अवस्था भने पक्कै हो ।

तर हाम्रो राज्य भने उचिन तरिकाको लगानी नितिलाई आत्मसाथ गर्न नसक्नु र उचित लगानी नितिको प्रतिपादन नहुनुले विप्रेषण बाट प्राप्त रकमको सहि सदुपयोग भने भएको देखिन्छ । र राज्य यस बारेको जानकार पक्ष पनि खासै सचेत रहेको देखिदैन ।

यदी विप्रेषणबाट प्राप्त रकमलाई राज्य र सम्पूर्ण सरोकार पक्षहरुले यहि पचिालन गर्न सकेको खण्डमा भने यही रकमको सहायताले देशको अर्थतन्त्रमा ठुलो अनुकुल प्रभाव पार्न सकिन्छ ।

यसलाई पुँजीको पमा प्रयोग भएको खण्डमा हामीसँग उपलब्ध स्रोत तथा साधनहरुको समुचित सदुपयोगबाट रोजगारी सिर्जना, सिप अभिवृद्धि, वैदेशिक परनिर्भतामा कमी, मुद्रा सँचले आयातका कमी, निर्यातमा वृद्धि गरि वैदेशिक व्यापारमा लामो समयदेखि भोगिरहेको असन्तुलनलाई कमी गरी नेपालको अर्थतन्त्रका अनुकुल प्रभाव पार्न केही समय लाग्दैन ।

तर यसको ठिक विपरित राज्यको अस्पष्ट नीति, समाजमा बढ्दो देखासिकी गर्ने प्रवृत्तिको कारण सम्पूर्ढा रकमको प्रयोग प्राय ः जीवनशैलीको परिवर्तनको निमित्त मात्र खचिएको देखिन्छ। जुन कुराले राज्यले र समाजले पाउन पर्ने सहायताबाट पूर्ण रुपमा चुकेको पाइन्छ ।

अब हामो राज्यले सही नीति तर्जुमा गरी विप्रेषणबाट प्राप्त रकमलाई उत्पादनशिल क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्ने वा लगानी गर्नको लागि प्रोत्साहित गर्नुपर्दछ । जसको फलस्वरुप यही विप्रेषणबाट प्राप्त रकमलाई राष्ट्रिय पुँजीको रुपमा परिवर्तित गरी ज्यामितिय अवसरहरु सिर्जना गरी नेपाली अर्थतन्त्रलाई सुझबुझ बनाउन सकिन्छ ।

यस्तो रकमको प्रयोग हामीसँग उपलब्ध स्रोत साधनमा भरपुर गर्न सकेको खण्डमा देश विकास सम्भव छ । हामीले यसरी प्राप्त रकमलाई देश विकासको पुँजीको रुपमा प्रयोग गर्न सकेको खण्डमा भने विस्तारै विस्तारै हाम्रो जनशक्तिलाई समेत सवदेश पलायनबाट रोक्ने, नेपालमा रोजगारी सिर्जना गर्न सक्छौं । त्यसैले अब ढिलो नगरी, राज्य र यो सँग सम्बन्धित सम्पूर्ण पक्षले सोचेर सहि निर्णय लिन जरुरी देखिन्छ ।

 

रामकृष्ण पराजुली

बलेफी ७, सिन्धुपाल्चोक

प्रतिक्रिया दिनुहोस्