जनयुद्ध दिवशको अवसरमा मेलम्चीमा दिपावली कार्यक्रम आयोजना गरिएको छ ।नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका सचिव उपेन्द्र आले मगरले जनयुद्धको उपलब्धि हाँसिल हुन नसकेकाले सडक र सदनबाट संघर्ष गर्नु पर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले देशमा भ्रस्टाचार मौलाएको बताउदै फेरि माओवादीको नेतृत्व देशमा आवस्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा सि का जिल्ला सेक्रेटरी सोनाम लामा सि लगायतले मन्तव्य राख्दै जनयुद्ध जारी रहेको बताउदै संसदिय व्यवस्थाको बिकल्प खोजिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको संचालन मेलम्ची नगर समिति अध्यक्ष सिपि दुलालले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्