२०८१ फाल्गुन २८
                           

सिन्धुपाल्चोकको थाङ्पालकोटमा पाँचपोखरी कप प्रथम हुने

सिन्धुपाल्चोकको थाङ्पालकोटमा पाँचपोखरी कप प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता फाल्गुन १५ गते सुरु भइ २० गते सम्म चल्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ मा रहेको पेमाथाङ्ग समानता खेलकुद मैदानमा हुने प्रतियोगिताको बिजेताले एक लाख रुपैँया र उपबिजेता टोलीले ५० हजार नगद पुरस्कार पाउने छ ।

प्रतियोगिताममा सहभागी हुन चहानेले यहि फागुन १० गते सम्म १० हजार शुल्क सहित टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्