चाैतारा – सिन्धुपाल्चोककाे चाैतारामा रहेकाे जुगल बाेर्डिङ हाइस्कुलले पूर्व प्राथमिक तह पार गरेका १ सय भन्दा बढि बिद्यार्थीहरुलाइ दिक्षित गरेकाे छ । उनिहरु ४ बर्षसम्मकाे अध्ययन सकाएर दिक्षित भएका हुन् । दिक्षान्त समाराेहका प्रमुख अतिथि चाैतारा सागाचाेकगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठबाट दिक्षित गराइएको हाे । पुर्व प्राथमिक तह पार गरेकाे प्रमाणपत्र वितरण पछिकाे मन्तव्यमा जुगल बाेर्डिङ स्कुलले नगरकाे नाम उच्च राख्ने बिद्यालय भएकाे बताए ।
श्रेष्ठले बिनाशकारी २०७२ सालकाे बिनाशकारी भूकम्प पछि पनि आफ्नै स्राेत साधनले शैक्षिक व्यवस्थापन गरेकाेमा खुसी व्यक्त गरे । आर्थिक अवस्था कमजोर रहेका कयाै वालवालिकालाई सहुलियत प्रदान गरेकाेमा बिद्यालयका प्रधानाध्यापक आेमप्रकाश उप्रेतीकाे प्रशंसा गरे । सामुदायिक भन्दा संस्थागत बिद्यालयमा चुनाैति रहेकाे भन्दै उत्कृष्ट नतिजा सहितको गुणस्तरमा ध्यान दिन बिद्यालयलाई आग्रह गरे । अभिभावकहरुले आफुलाइ नतिजा घट्दै गएकाे भनी गुनासाे गरेकाेले दक्ष शिक्षक व्यवस्थापन गर्न बिद्यालय प्रशासनकाे ध्यानाकर्षण गराए ।
वडाध्यक्ष श्रेष्ठले बिद्यालयकाे वाल निर्माणमा स्थानीय सरकारकाे तर्फबाट सहयाेगकाे भुमिका खेल्ने वचन दिए । कक्षा नर्सरीबाट एलकेजी , एलकेजीबाट युकेजीमा कक्षा चढ्ने बिद्यार्थीहरुसवैलाइ बिद्यालयले प्रमाणकाे रुपमा फाेटाे र नाम उल्लेख गरि मायाकाे चिनाे प्रदान गरेकाे थियाे । कार्यक्रममा बिद्यालयमा अध्ययनरत साना साना बिद्यार्थीहरुकाे नृत्य तथा फेसन साे समेत प्रदर्शन गरिएको थियाे । कार्यक्रममा प्याव्सन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धि आचार्य , प्रगति अंग्रेजी स्कुल मेलम्चीका प्रधानाध्यापक ऋषि कट्टेल, प्रेस सेन्टर नेपालका बागमती सचिव सुन्दर शिरीष, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सदस्य निर्मल बस्नेतले बिद्यालयकाे प्रगतिकाे लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शिक्षक , बिद्यार्थी र अभिभावकहरूकाे सहभागीतामा बिद्यालयकाे शिक्षक दिपक उप्रेती र शिक्षिका प्रमिला बिककाे सुबाेध उद्घाेषणमा सञ्चालित कार्यक्रम बिद्यालयका प्रधानाध्यापक ओमप्रकाश उप्रेतीको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्