२०८२ बैशाख ६
                           

चौतारा अस्पताल MSS को सुचांक अनुसार बागमती प्रदेशको उकृष्ट

सिन्धुपाल्चोक । प्रादेशिक चौतारा अस्पताल गुणस्तर सुधारका लागि न्यूनतम मापदण्ड कार्यन्वयनमा सेकेन्डरी ए लेभलको अस्पतालमध्ये ९३ अंक प्राप्त गरी बागमती प्रदेशको उकृष्ट हुन सफल भएको छ। बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले अस्पतालको अनुगमन पश्चात ९३ अंक दिएसँगै प्रथम हुन सफल भएको हो।न्यूनतम सेवा मापदण्ड कार्यन्वयन (ःक्क् )को सुचांक अनुसार १०० मा ९३ प्रतिशत ल्याएको हो ।
आज विभिन्न सूचाङ्का आधारमा अनुगमन गरिएको र १०० अंक ल्याउन ७ अंक नपुग्नुका कारणहरु बारेसमेत समिक्षा गरिएको थियो। निर्देशनालयका न्यूनतम सेवा मापदण्ड अनुगमन टोली प्रमुख बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट नविन दर्नालसहितको टोलीले अनुगमन गर्दा अस्पतालको सेवामा ९३ प्रतिशत ल्याएको जानकारी दिए ।

उनका अनुसार अस्पतालको निमित बैठक बस्न , दैनिक बिहानी छलफल , विद्युतिय हाजिर अनिवार्य , बिरामीको लागि टोकनको व्यवस्था , सुचना पाटीमा सुचना टाँस गर्ने गरेको, अस्पतालको आफ्नै वेबसाइट निर्माण गरि सञ्चालनमा ल्याएको, सुरक्षा गार्ड र सिसी टिभी क्यामेराको जडान  लगायत  अस्पतालको राम्रा पक्षहरु भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयको  अनुसार रामेछापको अस्पताल बाहेक हालसम्म गरिएको मूल्याङ्कनमा सिन्धुपाल्चोक उच्च स्थानमा नै रहेको छ ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले भने जुन रुपमा मूल्याङ्कनमा अङ्क पाउनुभएको छ त्यतिकै तपाईहरुमा चुनौति थपिएको छ । सक्ने सम्मको सहयोग अस्पताललाई उपलब्ध गराउँदै जाने सापकोटाले प्रतिबद्धता जनाए ।

स्वास्थ्य निर्देशनालयका निर्देशक नरेन्द्रकुमार झाले हालको सेवाको प्रभाव घटन नदिन आग्रह गरे । उनले   चिकित्सकलाई भगवान र औषधीलाई जादु ठान्ने प्रवृति बढेकोमा दुखेसो गरे । सडक दुर्घटना र प्रकोपमा परेका  परिवारबाट पहिलो सर्त ग्यारेन्टीको प्रश्न उठ्ने गरेको तितो पोखे । यसमा सरकारमा रहेका जिम्मेवार व्यक्तिहरु र नागरिक सबैले दायित्व निर्वाह गर्ने कुरामा गम्भिर हुनुपर्ने आवश्यकता औल्याए ।

सुरुमा १५ शैयाको चौतारा अस्पताल प्रादेशिक अस्पताल भएसंगै ५० शैयामा स्तरोन्नती भएको छ । २०८० पुस ३ गते बागमती प्रदेश सरकार मन्त्रिपरिषद तथा स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार ५० बेडमा अस्पताललाई विस्तार गरिएको थियो ।  विरामीले सबै सेवा एउटै भवनबाट लिन सकिने भएको छ

अस्पताल प्रवेश गर्ने वित्तिकै सवारी पार्किङ सुविधा, क्षयरोगको औषधी वितरण स्थल, खोप लगाउने क्लिनिक, इमर्जेन्सी सेवा, फार्मेसी, सामाजिक सेवा ईकाई, स्वास्थ्य विमा सेवा लिने ठाउँहरु देख्न सकिन्छ । साथै विरामीले पालो कुर्ने ठाउँ पनि ब्यवस्था रहेको छ ।

अस्पतालले नियमित सेवाहरु जनरल ओपीडी, हाडजोर्नी, दन्त सेवा, सर्ने तथा नसर्ने रोग लगायतका सेवाहरु दिइरहेको चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रमणि भण्डारीले बताए । भण्डारीका अनुसार अस्पतालबाट सेवा लिनेहरूमा महिला तथा प्रसुती सेवामा बढी सन्तुष्ट रहेको छ । दुई वटा विशेषज्ञ सेवा पनि छ । पहिलाको तुलनामा सेवा लिनेहरु वृद्धि भएको र तथ्यांक हेर्दा महिनामा तीन हजार भन्दा बढीले ओपीडी सेवा लिएका छन् । अस्पताल ब्यवस्थित भवनमा सारे संगै गुणस्तरीय सेवा दिन काम भइरहेको डाक्टर भण्डारीले बताए ।

५० बेडको अस्पताल भएपनि ६२ बेडको सुबिधा प्रदान गरिदै आएको छ । अनुसार विशेषज्ञ डाक्टर सहित ६३ जनाको दरबन्दी रहेको छ । अहिले कार्यरत डाक्टरहरु १६ जना छन् । दरबन्दी पूर्ति भएमा अस्पतालबाट दिने सेवामा थप सुधार हुने विश्वास डाक्टर भण्डारीले ब्यक्त गरे । हाललाई थाइ दरबन्दी अन्तरगत करारमा परिपूर्ति गरिदै आएको भण्डारीले बताए । जनताको विश्वास र जनभावनालाई ध्यानमा राखि अस्पतालबाट प्रवाह भइरहेको सेवालाई अझ चुस्तदुरुस्त रुपमा लैजाने बताउदै यसमा सवैलाई सहयोग गर्न पनि आग्रह गरे ।

अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेसँगै स्वास्थ्य उपचार सेवा पनि पहिला भन्दा सुधार हुने नागरिकले आशा गरेका छन् । स्थानीयले स्वास्थ्य उपचारका लागि जटिल भन्दा जटिल बाहेक राजधानी धाउनुपर्ने बाध्यता कम हुदै गएको देखिन्छ । पछिल्लो समय दैनिक ३० जना भन्दा बढीले फिजियोथेरापी सेवा पनि लिने गरेको अस्पतालले जनाएको छ ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीले अथक प्रयासपछि डायलासिस सेवाको लागि चौतारा अस्पताललाई सुचीकृत गर्न सफ भएको बताए ।कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष ध्रुब दंगालले बिगतका अस्पताल र हालको अस्पतालमा आकाश पातलकै फरक भएको बताए । अध्यक्ष दंगालले सेवा सुविधामा अझ गुणस्तर बृद्धि गरि बिश्वसनीय वातावरण बनाउन अस्पताल व्यवस्थापन समिति र स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्