जीतपुर । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ स्थित गोल्मादेवी माध्यमिक बिद्यालय, जीतपुरको ४२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा विद्यालयलाई बस हस्तान्तरण तथा सहयोगीहरुलाई विद्यालयले सम्मान गरेको छ । ९ नम्बर वडाको सुन्दर बस्ती जीतपुरमा रहेको परपरि कम्पाउण्ड भित्र रहेको विद्यालयको वार्षिकोत्सव अघिल्लो वर्षहरुको भन्दा बेग्लै र आकर्षक रहेको थियो ।
विद्यालयलाई बेहुली झै सजाएर आमन्त्रित अतिथीहरुलाई दूबोको माला र पुष्प गुच्छाले स्वागत गरिएको थियो , । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख सापकोटाले शिक्षाको बिकास बिना अरु बिकास अधुरो हुने बताएका छन् । उनले गोल्मादेबीको शैक्षिक उन्नयनको लागि नगरपालिकाले आवश्यकताको आधारमा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
नगरप्रमुख सापकोटाले समुदायले गरेको सहयोगले बिद्यालयलाइ थप चुनौती थपिदिएको बताए । भौतिक सुबिधा संगै शिक्षाको गुणस्तर बृद्धिमा लाग्न विद्यालयको ध्यानाकर्षण गराएका थिए । गोल्मादेबीको बिद्यालय बस उपलब्ध गराउने निकाय र बस सञ्चालन गर्नका लागि आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई विद्यालयले दोसल्ला ओडाएर प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । बिद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक, शिक्षिका र कर्मचारीहरुले पनि बिद्यालय बसको लागि आर्थिक सहयोग गरेकोले उनिहरुलाई पनि सम्मान गरेको थियो । विद्यालयको तहगत र कक्षागत रुपमा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मानका साथ पुरस्कार बितरण गरिएको थियो ।
विद्यालयको प्रधानाध्यापक ज्ञान बहादुर तामाङले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिवेदनमा बिद्यालय स्थापना देखी हालसम्मको गतिबिधि समेटेको पाईएको छ । बालविकास देखी कक्षा १० सम्म बिद्यालयमा २ सय १५ जना विद्यार्थीहरु अध्ययन गर्ने गरेको उल्लेख छ । बिद्यालय मित्रता संघको कार्यकारी निर्देशक बिष्णु लामाको बिशेष पहलमा इन्स्ट्रोङ फाउण्डेशन युएसएको ३१ लाख ५० हजार सहयोगमा खरिद बस विद्यालयलाई हस्तान्तरण गरिएको थियो । बस सञ्चालनार्थ आर्थिक सहयोग गर्ने २ यस ६८ जनालाई दोसल्ला ओडाएर सम्मान पत्रबाट सम्मान गरिएको थियो ।
बिद्यालयमा अक्षयकोष स्थापना गर्नेहरुलाई पनि सम्मान गरिएको छ । अझ पूर्व अरनिको सेवा समिति अध्यक्ष जीत बहादुर भारतीले अरुले स्थापना गरेको अक्षय कोषमा दोब्बर रकम राखेर कोष स्थापना गरि निरन्तर बस सञ्चालन गर्न लागि पर्ने प्रतिबद्धता जनाए । विद्यालयको शैक्षिक उन्नयनको लागि पूर्व नगरप्रमुख अमान सिं तामाङ, नगर उपप्रमुख सीता थापा, नगर शिक्षा समितिका संयोजक रामप्रसाद गौतम, वडाध्यक्ष बिमल श्रेष्ठ, पूर्व वडाध्यक्ष बिष्णु लामा, शिक्षा शाखा प्रमुख मातृकाप्रसाद आचार्य, समाजसेवी विदुर भारती र बादल लामा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
बिद्यालयमा विद्यार्थीहरुको बिभिन्न समुदायको संस्कृतिहरु झल्कने बेजोड गीत नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्