सृजनशीलता र उद्यमशीलता प्रवर्द्धन: बागमतीमा युवा सशक्तिकरण’ भन्ने नाराका साथ बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद द्वारा १६० घण्टे कुक तालिमको समुद्घाटन समारोह चोैतारा साँगाचोकगढी नगरपालिका वडा नं १ मा सम्पन्न भएको छ।
तालिमको लागि वडा भित्रका २६ जना युवा सहभागीहरू छनोट भएका छन् , जसलाई व्यावसायिक कुकिङका आधुनिक प्रविधि तथा सीप प्रदान गरिनेछ। तालिम वल्डलिङ्क टेक्निकल ट्रेनिङ इन्स्टिट्युट प्रा. लि., टोखा, काठमाडौं द्वारा प्रदान गरिने छ।
समुद्घाटन समारोहमा उपस्थित वडा नं १ का कार्यवाहक वडा अध्यक्ष रामशरण अधिकारले कक्षा १२ पछि सहर वा विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्नु आवश्यक रहेको बताउदै आफ्नो समयको सही व्यवस्थापन गरी तालिमलाई जीवनोपयोगी रूपमा ग्रहण गर्न सुझाव दिनुभयो।
प्रतिक्रिया दिनुहोस्