आकृती घले – रौतहटको चन्द्रपुरको जिल्ला प्रहरी कार्यालय भएको साइडमा एक प्रसिद्ध जसलाई हालको बुझ्ने भाषामा भन्नुपर्दा भाइरल भनौँ, चिया पसल छ। उक्त चिया पसललाई हल्दारनी आमाको चिया पसल भनेर चिनीने रहेछ। बिहान ५ बजे बाट साँझ ६ बजेसम्मै उक्त पसलमा चिया खान आउनेहरुको भिड हुने गर्दो रहेछ।।
म जस्तो चिया लभरको लागी एकदम परफेक्ट प्लेस। एक त यहाँको चिया सारै मिठो, दाउराको चुल्होमा मन्द आँचमा पकाइने, चियाको रंग देखी चियाको स्वाद सबैको परफेक्ट कम्बिनेसन भने अर्काे महिला उद्यमी र आर्थीक सशक्तिकरणको एक ज्वलन्त उदाहरण। त्यसैले.पनी फेबरेट्स मध्येको एक फेबरेट ठाउँहुन गयो मेरो लागी।
यहाँ धेरै पटक गएँ, चियाको मिठो स्वादसंगै अर्काे एउटा कुरा संधै कमन पाएँ। त्यो थियो चिया पसलमा आउने अधिकांश व्यक्ति पुरुषहरु थिए। जम्मा दुई पटक महिले केही थोरै महिलाहरु चिया पिउन आएका देखेँ मैले। मलाई सोच्न मन लाग्यो, एकपटक यहाँको चिया खाइसकेपछि बारम्बार यहाँ आउने यि दाजु, काकाहरुले आफ्ना श्रिमतीहरुलाई चाही किन नल्याएका होलान्।
मिठो चिया ति भाउजु, दिदीहरुलाई पनी त खान मन हुँदो हो। चिया त धेरै मध्येको एक साधारण विषय मात्र भयो। हाम्रो समाजमा भएका धेरै सुविधाहरुमा महिलाहरुको पहुँच पुगेकै छैन, ती सुविधाहरुको प्रयोग गर्न सकेकै छैनन्।धेरै पछि एक जना चिनजानको भाइसंग भेट भयो। कुरै कुरामा भाइले अी बहिनीको विवाह भएकोले बिदामा घर जान लागेको कुरा सुनाउनु भयो।
लगभग २२ वर्ष उमेरको, हाल ब्याचलर सेकेन्ड इयरमा पढ्दै गरेको उक्त भाइले आफूलाई लभ म्यारिज मन नपर्ने कुरा सेयर गर्नुभयो। कारण चाँहीः लभ म्यारिज भयो भने केटीले उनको कुरा सुन्दैन, भनेको मान्दैन अनी भाइलाई चाहिँ आफ्नो सबै कुरा भनेको मान्ने जिवन साथी चाहिएको छ रे।
उहाँको बाबा र आमा जस्तै, जस्मा पुरुष नै सबै हुन्, महिला जस्ट फलोवर मात्र। स्याड बट इट्स वान अफ द हर्ट ब्रेकिङ रियालीटि अफ टुडेज सोसाइटि।महिला अधिकार, महिला सशक्तिकरणको कुरा उठ्दा हामी मध्ये कति जना आफ्नो नाक खुम्चाउँछौँ? तपाइ हामी मध्ये कति जनाले चोक मा भएको चिया पसल या कुनै जमघटमाः महिलाहरुलाई अधिकार बढि भयो, समाजमा विकृती फैलीयो, आजकल महिलाहरुले भनेको केही मान्दैनन, त्यहि कारणले घर भांडिएको हो।
आजकाल त महिला भन्दा पुरुष बढि हिंसामा परेका छन्, पुरुष हिंसा बढि भयो भन्दै संवेदनशील विषयहरुमा पनी जोक गरेर आफ्ना तर्कहरु राख्दै गरेको देख्नु भएको छ? यस्ता अभिव्यक्तिहरु तपाइ हामीले पक्कै सुनेका छाँै, भोगेका छाँै।कुनै कार्यालयमा जानुभयो र त्यहाँको अधिकृत या कुनै सामान्य कर्मचारी कुनै महिला देख्नुभयो भने उनको काम भन्दा अगाडी उनको व्यक्तित्वलाई जज गरीन्छ।
कपडा कस्तो लगाएको छ? कम्प्युटर कसरी चलाइरहेको छ? काम गर्न जान्ने त छिन् नी। उनी विवाहीत को अविवाहीत? कहाँको हो? कता बस्छ? जुन विवरण तपाइको कामको लागी कुनै अर्थ नै राख्दैन, त्यो सबको खोजीनिती गरीन्छ। किन? किनकी महिलाहरुलाई उनकोे काम भन्दा पनी उनको व्यक्तिगत विवरण, उनको विगतसंग दाँजेर उनको लेखाजोखा गर्न खप्पिस छौँ।
हाम्रो समाजमा चेतनाको विकास अवश्य पनी भएको छ। हाम्रा पुर्खाहरु भन्दा हामी भाग्यमानी नै छाँै र म आभारी छु की म स्वतन्त्र छु र सुरक्षित छु। मैले आफ्नो योग्यता र चाहाना अनुुसारको काम गर्न पाएको छु र आफ्नो जिवनको निर्णय आफैले लिन पाएको छु। समाजमा गनीने आत्मनिर्भर महिलाको लिस्टमा म पनी पर्दछु सायद। मेरो परिवार, आमा बाबाको साथको कारण मैले यो प्रिभेलेज पाएकी हुँ, जुन सबै दिदीबहिनी र साथीहरुले नपाएका हुनसक्छन्। म आभारी छु ती दशकौ देखी महिला अधिकार र हकको लागी लडीदिने अग्रजहरुप्रति।
महिलाको लागी बनाइएको अधिकारको लागी। तर म अनसर्टेन छु। म कहिलेसम्म स्वतन्त्र र सुरक्षित छु त? के हाम्रा छोरीहरु सुरक्षित छन?मेरो सपना छ। भोलीको दिनमा कुनै पनी छोरा र छोरीले समान अवसरहरु पाउन्। मेरो छोरा र छोरी दुबैले आफ्नो योग्यता अनुसारको काम र सम्मान पाउन्।
उनीहरुको कामलाई उत्तीकै महत्व दिइयोस। उनीहरुको समर्पणलाई उत्तीकै महत्व दिइयोस। सहि र गलतको बुझाई उनीहरुको लिंगले निर्धारण नगरीयोस। व्यक्तिगत स्वतन्त्रता सबैलाई छ भने सुरक्षित वातावरण पनी सबैलाई होस। साँझ ढिला अफिसको काम सकेर घर फर्किदाँ महिलाले भोग्नुपर्ने मानसिक त्रास कहिले कम हुने होला?
महिलालाई उनको काम भन्दा पनी उनको व्यक्तित्व, उनको लगाई, उनको साथी र उनको विगतसंग मूल्यांकन गरी जज गर्ने प्रवृत्तिको अन्त्य कहिले हुन्छ? एक सिंगल आमाले आफ्नो छोराछोरीको लागी सरकारी कागजात बनाउन सिंगल बुबाको जस्तो अधिकार कहिले पाउँछिन्? कसैको बलात्कार हुँदा अपराधिलाई भन्दा पनी पिडितलाई जज गर्ने र समाजबाट बहिस्कार जस्तै बनाउने प्रवृत्तिको अन्त्य कहिले हुन्छ? छोरा छोरी कति जन्माउने, कहिले जन्माउने आफ्नो शरीरप्रतिको निर्णयको हक महिला आफैले गर्ने आत्मविश्वास कहिले आउँला? नेतृत्वमा महिला र महिलाले गर्ने नेतृत्वमा विश्वास कहिले होला? कहिले हामी महिलाको समस्या र जोखिमलाई सामान्यीकरण गर्न छाडेर त्यसको बारेमा डिटेलमा जान सक्ने होला? अधिकांश महिलाहरु आफ्नो उच्च शिक्षा पछि काम काजमा लाग्छन्।
उच्च तहको पोस्टमा काम गर्न योेग्य हुने समय र सन्तान जन्माउने उमेर समान भइदिँदा आफ्नो करियरको तिलान्जली दिएर परिवारको हेरचाह, छोराछोरी हुर्काउने जिम्मेवारीमा महिलाले त्याग गर्नुपरीरहेको छ। यसको व्यवस्था कहिले होला? लाज र सरम महिलाको गहना होइन, सहि कुराको लागी बोल्न सक्ने, लड्न सक्ने प्राणी महिला पनी हुन् भन्ने चेतनाको विकास कहिले हुने होला? दशकौँ भयो, महिला अधिकारको लागी आवाज उठीरहेको।
वर्षेनी १६ दिने अभियान चलेको पनी। तर पनी किन अझै उठ्दैछन् महिला अधिकार को कुराहरु? किन नेतृत्वमा छैनन महिलाहरु? ठूला ठूलाकार्यक्रममा स्टेज प्राय पुरुष अतिथिहरुले भरीएका हुन्छन् तर उनीहरुलाई खादा र ब्याज चाहिँ महिलाहरुले दिनुपर्ने रे। प्रमुख स्थानहरुमा महिला र स्टेजमा आत्मनिर्भर, निडर र साहसी महिला नेतृत्व कहिले हुने होला? समाज, देश बदल्न पहिले आफूबाट
प्रतिक्रिया दिनुहोस्