२०८१ फाल्गुन २७
                           

२० मेगावाटको साझा पावर विरुद्ध स्थानिय आन्दोलमा

चौतारा । सिन्धुपाल्चोकमा निमार्णधिन २० मेगावाटको साझा पावर कम्पनी लिमिटेडबाट प्रभावित स्थानियले आन्दोलन सुरु गरेका छन् । बलेफी गाँउपालिका १ र चौतारा साँगाचोकगढी नगरपालिका २ को सिमाना जलविरे खरिटारीमा निमार्णधिन यो आयोजनाबाट आफुहरु असुरक्षीत भएको भन्दै शनिबार स्थानियले नाराबाजी सहित आन्दोलन गरेका हुन् । उनिहरुले ड्याम क्षेत्रमा कालो झन्डा गाड्दै काम रोकेका छन् भने हाईड्रोको कार्यालयमा ताला लगाएका हुन् ।

चौतारा साँगाचोक गढी नगरपालिका २ को खरिटारमा निर्माणधिन ड्याम क्षेत्र खोलाको धार नै परीवर्तन गराएर बनाएकोले आसपासका बस्तीहरू जोखिमका परेको स्थानिय बताउछन् । फागुन १८ गते स्थानियलाई जानकारी नदिकन दिउँसै प्लाष्टिङ गर्दा ४ सय मिटर पर सम्म उछिटेर पुगेका ढुङ््रगाका टुक्राले घरको छाना प्वाल पार्नुका साथै घरहरु चर्किएका छन् ।

मौखिक र लिखित रूपमा कम्पनीलाई स्थानियको समस्याबारे जानकारी गराउदा समेत सम्बोधन नभएपछि वाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको चौतारा साँगाचोकगढी २ का अध्यक्ष सुदिप श्रेष्ठको भनाई छ ।

स्थानियले प्रभावित समुदायले बस्तीको संरक्षण संगै निर्माण स्थल वरिपरि भूगर्भविध बाट अध्ययन गरी प्लाष्टिङ गर्न माग गरेका छन् । उनिहरुले आयोजना निमार्ण स्थल वरपरको घर, पशु चौपायको बीमा गर्नुपर्ने र यसको आयोजनाले जिम्मा लिनुपर्ने माग समेत गरेका छन् । ठूलाठूला आवाजमा प्लाष्टिङ गर्दा निर्माण स्थल वरिपरिको घरहरू चर्किएकोले त्यसको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग उनिहरुको छ । यस्तै हाइड्रोपावर कम्पनीका कारण नासिएका घाट, खानेपानी र सिँचाइको निर्माण गर्न पनि माग गरेका छन् ।

सामाजिक दायित्व अन्तरगत बलेफी गाउँपालिका र चौतारा २ खरिटार जोड्ने मोटरेबल पुलको निर्माणका लागि पटक पटक आग्रह गरेपनि लिखित सहमती नगरेको अध्यक्ष श्रेष्ठले बताए । यो आयोजनाबाट चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर २ र ४ तथा बलेफी गाँउपालिकाको वडा नम्बर १,२, ३ र ४ प्रभावित छन्

प्रतिक्रिया दिनुहोस्