२०८१ फाल्गुन २७
                           

पिपलडाँडामा निशुल्क दन्त शिबिर

सिन्धुपाल्चोक । पिपलडाँडामा महिला सशक्तिकरण तथा बालबालिका उत्थान समाज काठमाडौंको आयोजनामा निःशुल्क दन्त उपचार शिविरको आयोजना गरिएको छ।

शिविरमा स्थानीयलाई दात सम्बन्धि  स्वास्थ्य सेवाहरू प्रदान गरिएको हो ।  दात परीक्षण, दन्त सफाई, दन्त भराइ र अन्य आवश्यक उपचार सेवाहरू उपलब्ध गरिएको थियो ।

महिला सशक्तिकरण तथा बालबालिका उत्थान समाज काठमाडौंका प्रमुख सरोजा श्रेष्ठले भनिन “हामीले गाउँमा स्वास्थ्य सेवाहरूको पहुँच पुर्याउनका लागि यस किसिमका शिविरहरूको आयोजना गर्दै आएका छौ । अबको स्वास्थ्य शिविर पालिका मात्र नभई वडा स्तरमा लाने निर्णय गरेका छौ जस्ले गर्दा प्रत्येक वडाका बसिन्दाहरुले स्वस्थ्य सुविधा पाउनेछन। यसबाट गाउँका बासिन्दाहरूलाई स्वास्थ्यका थुप्रै समस्याबाट राहत मिल्नेछ।”


यस कार्यक्रमले पिपलडाँडाको स्वास्थ्य क्षेत्रमा एक नयाँ पहल ल्याएको र ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवामा सुधार ल्याउने दिशा दिएका छन्। स्थानीयवासीहरूको सकारात्मक प्रतिक्रियाले पनि शिविरलाई सफल बनाएको छ।

महिला सशक्तिकरण तथा बालबालिका उत्थान समाजले यसैगरी विभिन्न सामाजिक र स्वास्थ्य सेवा कार्यक्रमहरूको आयोजना गर्दै, समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्