प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि परिचयपत्र वितरण शिविर आयोजना गरेको छ ।
नेपाल पत्रकार महासंघ रामेछापको समन्वयमा रामेछापको मन्थलीमा एक दिने शिविर आयोजना गरिएको हो । प्रदेश रजिष्टार प्रमुख रेवतीप्रसाद सापकोटाको उपस्थितिमा भएको शिविरमा २६ जना स्थानीय पत्रकारलाई परिचयपत्र वितरण गरिएको छ ।
परिचयपत्र वितरण शुभारम्भ कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ लगायतको सहभागिता थियो ।
सञ्चार रजिष्टार कार्यालयले प्रदेशमा दर्ता भएका सञ्चार माध्यममा कार्यरत पत्रकार र वाग्मती प्रदेशमा क्रियाशील अग्रज पत्रकारलाई कर्मक्षेत्रमा नै पुगेर परिचयपत्र वितरण तथा नवीकरण गर्न थालेको प्रदेश रजिष्टार सापकोटाले बताए ।
पत्रकारहरूलाई प्रेस रजिष्टारको कार्यालयले उपलब्ध गराएको पत्रकार परिचयपत्रको उचित सदुपयोग गर्न सापकोटाले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्