२०८२ बैशाख ६
                           

चौतारामा ६५ दिने कटाई सिलाई तालीम सुरु

चौतारामा ६५ दिने कटाई सिलाई तालीम चौतारा साँगाचोक गढी नगरपालिकाकी उप-प्रमुख सिता थापाले उदघाट्न गरेकी छन ।

सिप सिकौ आत्मनिर्भर बनौं भन्ने नारा सहित गरिबी निवारणका लागी महिला लघु उद्यम विकास कार्यक्रम अन्तरगत सानुमाया गुरुङको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै उपप्रमुख थापाले नगरपालिकाले गरेका सबै कार्यक्रमहरु अनुगमन गरिरहेको बताउदै सिलाई क्षेत्रको राम्रो डिमान्ड रहेको बताइन  तालिममा राम्रोसंग सिकेर आफ्नो सिप विकास गर्न  सबैलाई आग्रह गर्दै शुभकामना व्यक्त गरिन ।

चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ५ र जिल्ला लघु उद्यम संघको आयोजनामा तथा उद्योग तथा वाणिाज्य कार्यलय सिन्धुपाल्चोकको आयोजनामा  कटाई सिलाई तालिम भएको हो ।

तालिममा सिलाई ब्यवसाय गरिरहेका महिलाहरु सहभागी छन । सिलाई गरिरहेको महिलाहरुलाई क्षमता विकास गर्न तालिम आयोजना गरेको संघका अध्यक्ष सानुमाया गुरुङले बताइन ।

प्रतिक्रिया दिनुहोस्