सिन्धुपाल्चाेक । मेलम्ची बजारमा बजार अनुगमन गरिएकाे छ । उद्याेग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चाेककाे नेतृत्वमा मेलम्चीकाे २५ वटा फर्मकाे अनुगमन गरिएकाे हाे ।
विहिवार उद्याेग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चाेकका कार्यालय प्रमुख तथा निरिक्षण प्रमुख त्रिपुरारी वख्रेलकाे नेतृत्वमा भएकाे अनुगमनमा खाद्यान्न पसल, मेडिकल, डेरी, हाेटल लगायतका फर्ममा भेटिएका अखाद्य बस्तुहरू नष्ट गरिएकाे थियाे ।
अनुगमनकाे क्रममा १ मेडिकललाई १० हजार जरिवाना गरिएकाे थियाे । कागजपत्र नपुगेका कारण साे मेडिकललाई कारवाहि गरिएकाे कार्यालयका प्रमुख शिक्षक प्रविण कुमार बस्नेतले जानकारी दिनुभयाे ।
बिहिवार गरिएकाे अनुगमनबाट ५१ हजार २ सय १५ बराबरकाे सामान जफत गरि नस्ट गरिएकाे थियाे । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चाैतारा अस्पताल प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी लगायतकाे सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्