२०८१ चैत्र ३०
                           

गतिशील सामुदायिक सिकाइ केन्द्रको अध्यक्षमा पराजुली

साँगाचाेक/चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १२ साँगाचाेक भञ्ज्याङ्ममा रहेको गतिशील सामुदायिक सिकाइ केन्द्र (सिएलसी) को अध्यक्षमा पदमप्रसाद पराजुली चयन भएका छन् ।

आज सम्पन्न संस्थाको तेर्हौ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनबाट पराजुलीको अध्यक्षतामा ९ सदस्यीय ब्यबस्थापन समिति निर्विरोध चयन भएको हो ।

समितिको सदस्यहरुमा राजन श्रेष्ठ, चक्रबहादुर तामाङ, जनार्दन नेपाल तथा महिला सदस्यमा मुक्तिमाया श्रेष्ठ र खिकादेवी नेपाल चयन भएका छन् । त्यस्तै पदेन सदस्यमा धुर्वराज गिरी, कृष्णकुमार शाह र सदस्य सचिव संगीता पराजुली खनाल रहेको सिकाइ केन्द्रका पुर्व सदस्य अशोक पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार अधिबेशनबाट संस्थाका निवर्तमान अध्यक्ष खड्गबहादुर कार्कीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समिति सदस्यहरुमा दीपेन्द्रप्रसाद नेपाल, हरिबहादुर श्रेष्ठ, यमबहादुर गिरी र बिष्णुलाल श्रेष्ठ रहेका छन् ।

वि.सं.२०६८ सालमा स्थापना भएको संस्थाले अनौपचारिक शिक्षा अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्नुका साथै अन्य विविध सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ । संस्थालेअहिले वडा कार्यालयसँगको समन्वयमा बालमैत्री वडा घोषणाको लागि तथ्यांक संकलन लगायतका काम गरिरहेको वडा अध्यक्ष दीपेन्द्रप्रसाद नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्