चौतारामा ब्यूटी पार्लर ब्यवासायी तथा उद्यमी सन्तोषी पराजुलीको नेतृत्वमा युवा संरक्षक मञ्च गठन गरिएको हो ।
विभिन्न स्थानका ११ सदस्यिय कार्य समिति सर्वसहमतीले चयन गरिएको छ ।
युवा संरक्षक मञ्चको अध्यक्षमा सन्तोषी पराजुली र उपाध्यक्षमा सन्जु दंगाल निर्वाचित भए । यस्तै सचिवमा आशिका खत्रि, सहचिव प्रतिक्षा सापकोटा र कोषाध्यक्षमा अमृता अधिकारी रहेका छन् ।
मञ्चको अध्यक्ष पराजुलीका अनुसार सुरक्षित वैदेशिक रोजगार, रोजगार अभिमुखिकरण र छोेटा र लामो अवधिको सिप मुलक तालिम संचालन गर्ने उद्देश्यहरु छन् ।
कार्यक्रमको उदघाटनसत्रमा चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ५ का वडाध्यक्ष शिव श्रेष्ठले नयाँ गठन भएको समितिलाई सफल्ताको शुभकामना ब्यक्त गरे ।
वडाध्यक्ष श्रेष्ठले कार्यक्रममा सहभागी हुदै गर्दा युवाहरुलाई उद्घोषण तालिम वडाको तर्फबाट ब्यवस्था गरिदिने प्रतिबद्धता गरे ।
प्रतिक्रिया दिनुहोस्