२०८२ बैशाख ६
                           

 प्रेस सेन्टर नेपालको चैत १६ र १७ गते निर्वाचन, मतदाता नामावली प्रकाशित

 प्रेस सेन्टर नेपालको निर्वाचन समितिले प्रतिनिधि तथा प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको छ । संगठनको पाँचौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूसम्मिलित मतदाता नामावली प्रकाशित गरिएको हो ।

प्रेस सेन्टर नेपालको आगामी महाधिवेशन यही चैत १६ र १७ गते काठमाडौंमा आयोजना हुँदै छ । प्रेस सेन्टरको निर्वाचन समितिका सदस्य गोविन्द देवकोटाले सबै प्रदेश र जिल्ला कमिटीहरूको अधिवेशन सम्पन्न भइसकेकोले आफूहरू महाधिवेशनको अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो ।

‘पाँचौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिहरू (मतदाता नामावली) को नाम केन्द्रीय निर्वाचन समितिले प्राप्त गरेको छ,’ देवकोटाले भन्नुभयो, ‘प्रेस सेन्टर नेपाल केन्द्रीय कार्यालयले नामावली निर्वाचन समितिलाई बुझाएपश्चात नामावली सार्वजनिक गरिएको हो ।’

देवकोटाका अनुसार समितिले अहिले प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको हो । ‘मतदाता नामावलीमा दावी विरोध भए, त्रुटि सच्याउनुपर्ने भए चैत १३ गते दिउँसो ४ बजेसम्म उजुरी दिन सकिनेछ,’ देवकोटाले भन्नुभयो, ‘उजुरीहरू परेको खण्डमा समितिले त्यसको जाँचबुझ गरेर अन्तिम नामावली प्रकाशित गर्नेछ ।’

मतदाता नामावली प्रेस सेन्टर नेपालको आधिकारिक वेबसाइट https://presscentre.org मा प्रकाशित गरिएको देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही चैत १६ गते उद्घाटन हुने महाधिवेशन प्रेस सेन्टर नेपालको नेतृत्व चयन गर्दै १७ गते सम्पन्न हुनेछ । महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्द्घाटन गर्नुहुने देवकोटाले जानकारी दिनुभयो ।

महाधिवेशन थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा हुनेछ । मतदाता नामावलीमा दावी विरोध, भए या त्रुटि भए त्यसको उजुरी दिन देवकोटाले आग्रह गर्नुभएको छ ।

यसरी हेर्नुस् प्रतिनिधि तथा मतदाता नामावली

प्रदेश १ को हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

मधेश प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

बागमती प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

गण्डकी प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

लुम्बिनी प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

कर्णाली प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

सुदूरपश्चिम प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

उपत्यका प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिष्ठान प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

एशोसियट र प्रवास प्रदेशको हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्