राष्ट्रिय सभाले पाँच वटै अध्यादेशको प्रतिस्थापन विधेयक पारित गरेको छ। आज पनि राष्ट्रिय सभाबाट प्रतिस्थापन विधेयक पारित नभएको खण्डमा अध्यादेशहरू निष्क्रिय हुने अवस्था थियो । संविधानमा सरकारले ल्याएको कुनै पनि अध्यादेश लगत्तैको सङ्घीय संसदको अधिवेशन सुरू भएको दुई महिनाभित्र पारित गरिसक्नुपर्ने व्यवस्था गरेको छ।
आजको बैठकबाट प्रतिस्थापन विधेयक पारित नभएको भए सरकारले ल्याएका ५ वटै अध्यादेश निष्क्रिय हुने थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गरेपछि बैठक सुचारू भएको हो। सुचारू भएको बैठकले लगालग ५ वटा प्रतिस्थापन विधेयक पारित गरेको हो।
सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट जस्ताको तस्तै पारित भएको हो।
प्रतिक्रिया दिनुहोस्