२०८२ बैशाख ६
                           

सिन्धुपाल्चोकमा आधारभूत अनलाइन पत्रकारिता तालिम सुरू

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा, सिन्धुपाल्चोकको आयोजनामा आधारभूत अनलाइन पत्रकारिता तालिम सुरू भएको छ। तालिम चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाउँपालिकाको सहयोग सञ्चालन भइरहेको छ ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको कार्यलय हलमा आयोजित यो तालिम २०८१ साल चैत २२ देखि २४ गतेसम्म सञ्चालन हुने छ । यस तालिममा जम्मा २७ जना प्रशिक्षार्थीहरू सहभागी भई अनलाइन पत्रकारिताका आधारभूत ज्ञान, समाचार लेखन, तथ्य जाँच, डिजिटल सुरक्षा, र प्रविधिको प्रयोग सम्बन्धी विविध विषयमा प्रशिक्षण लिइरहेका छन्।

कार्यक्रम उद्घाटन

कार्यक्रमको उद्घाटन केहि पृथक शैलीमा गरिएको थियो। उद्घाटनको क्रममा ४ वर्षीया बालिका निरूषा बस्नेत र अतिथिहरूले संयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । यसले कार्यक्रममा नयाँपन थपेको थियो भने साना बालबालिकालाई पनि सञ्चार र पत्रकारितासँग जोड्ने उद्देश्यलाई दर्शाएको थियो।

सिन्धुपाल्चोकका स्थानीय तह, पत्रकार, तथा सञ्चारकर्मीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस तालिमले डिजिटल युगमा सञ्चारको प्रभावकारी उपयोगबारे महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्