२०८२ बैशाख २७
                           

गोले तामाङ बंश उत्थान समाजको ९औ राष्ट्रिय सम्मेलन धुस्कोटमा  हुने

सिन्धुपाल्चोक – संसार भरीको गोलेहरु एक हौ भन्ने मुल नाराका साथ गोले तामाङ बंश उत्थान समाजको ९औ राष्ट्रिय सम्मेलन तथा १२औ साधारण सभा जेठ ४ गते सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वाडा नम्बर ३ तामाङहरुको घना बस्ती धुस्कोटमा  हुने भएको छ ।

कार्यक्रममा देश तथा बिदेशबाट गोले समुदायलाई प्रतिनिधित्व गर्दै भारतको सिक्किम , दार्जिलिङ  लगायत अन्य ठाउँबाट पनि प्रतिनिधिहरु उपस्थित हुने बताएको  छ । प्रमुख अतिथिका लागी सिक्किमका मुख्य मन्त्री प्रेम सिं गोले “पिएस गोले”तामाङलाई निमन्त्रणा पत्र लिएर संस्थापक अध्यक्ष जय गोले तामाङको नेतृत्वमा सिक्किम जाने तयारी भएको छ ।

कार्यक्रममा सहभागीहरुलाई मनोरन्जन दिनाकालागी राष्ट्रिय स्तरको कलाकारहरुले प्रस्तुति दिने बताएको छ । नेपालको विभिन्न क्षेत्र गाउँ थाङ्पाल गुन्सा,धुस्कोट,डाडागाउँ,गहते,लप्से,बिन्ज्याल,बदर्पा,इर्खु,खाले,हगाम याङ्लकोट,संचागाउँ,अर्चले ज्यामिरे,राम्चे,मानेसौरा,केम्बे,डाडाकटेरी,बसेरी,कर्थली लगायत अन्य ठाउँ बाट गोले समुदायहरु र वरपर नजिकका बस्तीहरुबाट गोलेको स्वाङेभाइ तथा गोलेको कुटुम्बाखलक समेत कार्यक्रममा उपस्थित हुने बताएको  छ ।

गोलेहरुको किपट भुमीको रुपमा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल गुन्सा र नुवाकोट जिल्लाको लच्याङ लाई चिन्दै आएको छ । गोले बंश उत्थान समाज २०७० साल जेठ ४ गते स्थापन भएर २०७१ साल असोज १७ गते  काठमाडौ जिल्ला प्रशासन कार्यलयमा जय गोले तामाङको नेतृत्वमा विधिवत रूपमा दर्ता भएर संचालनमा आएको  बर्तमन अध्यक्ष मीन गोले तामाङले बताएको छ ।

कार्यक्रममा गोले समुदायको पहिचान,कला,रिति, रिवाज कुलपुजा , आदिलाई एकरुपता ल्याउनको लगी  गोले बंश समाजले प्रत्येक बर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको गोले बंश समाजका बरिस्ठ सल्लाहकार ,पुर्व मन्त्री दावा गोले तामाङले  बताएको छ ।

गोले बंश समाजको ९औ राष्ट्रिय सम्मेलन तथा १२ औ साधारण सभा सफल पार्न व्यवस्थापन समितिको संयोजकमा पृतम गोले तामाङ ,परिचालन समितिको संयोजकमा राम गोले तामाङको  नेतृत्वमा ५५ सदस्य कमिटी गठन, ,प्रचारप्रसारको संयोजकमा बिमल गोले तामाङको नेतृत्वमा गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्