२०८२ बैशाख २८
                           

YCL सिन्धुपाल्चोकको अध्यक्षमा पुन काफ्ले

योङ कम्युनिष्ट लिग वाईसिएल सिन्धुपाल्चोकको ५ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनबाट पुन अध्यक्षमा सुमित काफ्ले चयन भएका छन् ।  यस्तै उपाध्यक्षमा प्रकाश घिमिरे, मेनुका कटुवाल,राजेन्द्र सिलवाल तथा सचिवमा मिलन लामा सहितको ६१ सदस्यीय कार्यसमिति बनेको   हो ।

संगठनको जिल्ला सम्मेलन उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रको उपमहासचिव वर्षमान पुनले आर्थिक क्रान्ति गर्न युवा संगठित हुनुपर्ने बताएका थिए ।

नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७–१९ सम्म काठमाडौँमा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्