२०८२ बैशाख १७
                           

नागरिक जीवन रक्षामा स्वस्थ्य शिविरहरूले महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेको छ,युवराज दुलाल

सिन्धुपाल्चोक – शान्ति सेवा गृह क्लिनिक तथा पुनर्स्थापना केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११ संग को सहकार्यमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

जनज्योति आधारभुत विद्यालयमा सम्पन्न उक्त शिविरको उद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल रहेका थिए। उनले आयोजक संस्था प्रति धन्यवाद व्यक्त गर्दै ग्रामीण क्षेत्रहरूमा स्वस्थ्य संस्था नजिक नहुदा नागरिकहरू रोग पालेर बसिरहेको र यस्ता रोगहरू लाई समयमा नै पत्ता लगाई उपचार प्रक्रिया सम्म ल्याई नागरिक जीवन रक्षामा यस्ता स्वस्थ्य शिविरहरूले महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताए।

वडा नं ११ का वडा अध्यक्ष रोशन राज गिरिले भने यस्ता शिविरहरूले जनसमुदायको विभिन्न रोगहरूको प्रारम्भिक अवस्थामा नै पत्ता लगाई दीर्घकालीन रूपमा हुने आसर बाट जोगाउन महत्त्वपूर्ण भुमिका खेल्ने र वडाले यस्ता शिविरहरूलाई थप प्रोत्साहन गर्दै आएको बताए।

शिविरमा सामान्य स्वास्थ्य परीक्षण, डेन्टल सेवा,आखा परिक्षण,परामर्श सेवा लगायतका विभिन्न निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो। कुल ५६५ जना सेवाग्राहीहरूले यो शिविरबाट प्रत्यक्ष लाभ लिएका छन्। सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै घर आगनमा नै स्वस्थ्य सेवा लिन पाउदा खुसि व्यक्त गरेका छन्।

शान्ति सेवा गृहले आगामी दिनमा यस्तै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्