विश्व शान्तिका अग्रदूत भगवान बुद्धको जयन्तीको अवसरमा बौद्धमा विविध कार्यक्रम आयोजना गरेर मनाइने भएको छ ।
वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको छ ।
सो कार्यक्रममा विश्व भरी बौद्ध महास्तुपाको अस्तुसहित विश्वशान्ति यात्रा आराम्भ गरी भगवान बुद्धको असिमित ज्ञान, प्रज्ञा र करुणाको सन्देश दिदै नेपाललाई विश्वमाझ चिनाउने उद्देश्यका साथ २५६९ औं बुद्ध जयन्ती मनाउन लागेको पत्रकार सम्मेलनमा मार्फत जानकारी दिएको छ ।
आयोजकका अनुसार परम्परागत रुपमा प्रचलित जात्रा तथा पर्व व्यवस्थापन गरिने संस्कार तथा परम्परा अनुरुप पौराणीक बुद्ध मुर्तीको रÞ्याली सहित बुद्धको अस्तूधातु तथा कश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दूर्लभ अमूल्य अस्तुलाई बौद्ध धर्मवालम्बी एवं उपस्थित पाहुनाहरुलाई दर्शन गराउनेछ ।बुद्ध जयन्तीको दिन बौद्धमा आउने अनुयायीहरुलाई पनि गुम्बामा दर्शनार्थ राखिनेछ ।
२५६९ औं बुद्ध जयन्ती बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध तामाङ कल्याण गुठी लगायत संघसस्थालाई समेटिएर पवित्र धार्मिक क्षेत्र बौद्धनाथबाट एकसाथ शान्तिको सन्देश दिन खोजिएको धर्म गुरु भुपतिबज्र लामाले बताए ।
प्रतिक्रिया दिनुहोस्