२०८१ कार्तिक २
                           

सिन्धुपाल्चोकमा टिपरको ठक्करबाट बालिकाको मृत्यु

भदौ २२-  सिन्धुपाल्चोकमा टिपरको ठक्करबाट शुक्रबार एक बालिकाको ज्यान गएको छ । चौतारा साँगाचोक गढी न.पा. वडा न. १२ साँगाचोक स्थित चौतारा बन्देउ सडक खण्डमा चौतारा तर्फबाट बन्देउ तर्फ जादै गरेको बा ५ ख ६७९० न.को टिपरले जिल्ला सिन्धुपाल्चोक बाह्रविसे न.पा. वडा न. ३ बस्ने बर्ष अं.१२ वर्षकि बेली बि.क.लाई विहान अ. ०९:१५ बजेको समयमा ठक्कर दिई  बालिकाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव कुमार यादवले बताउँनुभयो ।

टिपर चालक चौतारा साँगाचोकगढी न.पा.१२ बस्ने वर्ष २८ को सुवास गिरी, बा ५ ख ६७९० न.को टिपर प्रहरी नियन्त्रणमा रहेको र मृतक बालिका बेली वि.क.को लाश चौतारा अस्पतालमा ल्याई सुरक्षित साथ राखिएको , घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक  यादवले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्