मेलचौर युवा जागरण समाजद्वारा आयोजित तेस्रो संस्करणमाको मालिकादेवी कप सेभेन ए साइड नगर कप फुटबल प्रतियोगिताको उपाधि रोयल फेमिली चौताराले जितेको छ।
शुक्रबार सम्पन्न फाइनलका खेलमा रोयल फेमेली चौताराले महाङ्काल भुमि तामाङ समाजलाई २-० ले पराजित गर्दै उपाधि जितेको हो।
जितमा दुबै गोल क्रिश सापकोटाले गर्नु भएको थियाे।उक्त खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद एक हजारसहित ट्रफी प्राप्त गर्नुभयाे।
फाइनल खेल तथा समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक तथा पूर्वधार मन्त्री युवराज दुलालले विजयी टिमका खेलाडीलाई ट्रफी मेडल र प्रमाण पत्र वितरण गर्नु भयो।
गत असोज २७ गतेबाट सुरु भएको यस प्रतियोगितामा २७ टोलीले सहभागिता जनाएका थिए।
प्रतिक्रिया दिनुहोस्