२०८१ माघ २३
                           

चाैतारामा अन्तराष्ट्रिय अपाङ्गता दिवसमा अन्तरक्रिया कार्यक्रम

चौतारा । निर्माण भएका र निर्माणधिन भौतिक संरचनाहरु अपाङ्गता मैत्री नभएकोप्रती सरोकारवालाहरुले गुनासाे गरेका छन् ।

३२ औं अन्तरास्ट्रिय अपाङ्ता दिवसको अवसरमा
नगर अपाङ्गता समन्वय समिति चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जिल्लाका सरकारी एवम् गैरसरकारी संघसंस्थाहरुको भवन अपाङ्ग मैत्री नभएकोमा दुखेसो पोखेका हुन् ।

चौसागढी न. पा सिन्धुपाल्चोकको आर्थिक सहयोग एवम् महिला आत्मनिर्भरता केन्द्र र FAIR/MED लगायतका सम्बन्धित संघ संस्थाहरुको संयुक्त सहआयोजनामा आज चौतारा साँगाचोकगढी नगरपालिकाको प्राङ्गमा भएको कार्यक्रममा भौतिक संरचनाहरु अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएकाहरुले सास्ती झेल्नु परेको बताए ।उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुका लागि भौतिक संरचनामा पहुँच तथा संचार निर्देशिका पूर्ण रुपले कार्यान्वयनमा आउनु पर्ने माग गरे ।

अपाङ्गता भएकाहरुको हक, हित अधिकार कार्यान्वयनमा समेत सरकारको उदासिनता रहेकोप्रती सहभागीहरुले खेद प्रकट गरे । उनीहरुले आयआर्जन र सीप प्रबर्द्धन गर्दै अपाङ्गता भएकाहरूलाई स्वावलम्वन बनाउन तीनै तहको सरकारलाई आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगपालिकाका उपमेयर सीता थापाले अपाङ्गता भएकाहरूको आर्थिक समृद्धि र सामाजिक पुनर्स्थापनाका लागि नगरपालिका सदैब सहयोग र सहकार्य गर्न तत्पर रहेको बताईन ।

नगर अपाङ्ग समितिका अध्यक्ष सुशिला श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा प्रहरी प्रमुख बालनरसिंह राणा, नगर समाजिक बिकास समितिका प्रमुख रामप्रसाद गौतम, वडा नं ८ का वडा अध्यक्ष अमृत दंगाल, रेडियो सुनकोशीका स्टेसन म्यानेजर यज्ञ दंगाल, चौसागढी न पा १० का पुर्व वडा अध्यक्ष बेल ब महत र समाजिक बिकास अधिकृत दुर्गा ढुंगेल लगायत ब्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम समितिका सचिब धन गोले तामाङले सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्