सिन्धुपाल्चोक ,२६ मंसिर
चौतारा सागाँचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले कक्षा १२ सम्मनै निशुल्क गर्ने भनी आधिकारिक रुपमा कार्यपालिकामा नै निर्णय गरिसकेको बताउँनुभएको छ । मंलबार चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित इर्खु माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै कक्षा १२ सम्म निशुल्क गर्ने निर्णय गरिएको बताउँनुभएको हो ।
मेयर सापकोटाले भन्नुभयोर्, हामिले छलफल र बहसका बिचबाट आगामी दिनमा शिक्षालाई १२ सम्मनै निशुल्क गर्ने भनेर आधिकारिक रुपमा कार्यपालिकामा नै निर्णय गरिसकेको छौ । हामिले बिद्यालय मर्ज गर्ने र शिक्षक समायोजन गरि गत आर्थिक वर्षबाट आधारको रुपमा प्रक्रिया शुरु गरेका छौ । यो वा त्यो बिद्यालय मात्र हैन पहुँचको आधारमा भन्दापनि आवश्यकताको आधारमा हामिले सिङ्गो नगरको शिक्षाको गुणस्तर बिकासको लागि रकम विनियोजन गर्दै आएका छौ र आगामी दिनमा पनि त्यसरिनै गछौँ । ’मेयर सापकोटाले शिक्षा सम्बन्धि नगरका योजनाहरु समेत कार्यक्रममा सुनाउँनुभएको थियो ।
श्री इर्खु माध्यमिक बिद्यालयको ६४ औं बार्षिकोत्सव , २४ औं अभिभावक भेला तथा भु.पु विद्यार्थी पुनर्मिलन समारोह भव्यताकासाथ सम्पन्न भएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता र चौतारा साँगाचोकगढी नगरपलिका नगरप्रमुख कृष्णप्रसाद सापकोटाको बिशेष आतिथ्यता, शिक्षाबिद् , बुद्धिजीवी , शिक्षक , समाजसेवी , पत्रकार ,अभिभावक र सरोकार वालाहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्