निर्मल बस्नेत ,१८पाैष- घरेलु तथा साना उद्योग कार्याललयकाे छड्के अनुगमन टाेलीले सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुर बजारमा म्याद गुज्रिएको सामाग्री बिक्रि गर्दै गरेकोे अवस्थामा फेला पारेका छन् । नवलपुर बजारको बिभिन्न पसलमा बिक्रि गर्न राखिएको म्याद गुज्रिएको चाउचाउ,बिस्कुट चकलेट,पापड, मस्याैरा,पेयपदार्थ अनुगमन टोलीले जफत गरेका छन् ।
बुधबार गरिएकाे अनुगमनमा घरेलु तथा साना उद्याेग कार्यालय प्रमुख बिश्वनाथ काफ्लेको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय,ईलाका प्रहरी प्रहरी कार्यालय नवलपुर , घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको संयुक्त टोलीले अनुगमन गरेको थियोे । उक्त अनुगमन टोलीले खाद्यन्न, मासुपसल र पशुपालन फर्म गरि १७ वटाको अनुगमन गरेका थिए ।अनुगमनको क्रममा फेला पारिएको म्याद गुज्रिएको १६ हजार बराबरकाे सामग्रीहरु स्थानीयले देख्नेगरि जिराेकिलाे भन्ने स्थानमा नष्ट गरिएको घरेलु कार्यालयका प्रमुख काफ्लेले जानकारी दिए ।
अनुगमनमा खटीएका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि अशाेक घलेले गाउघरमा बिहे , ब्रतबन्ध, छेवार लगायतका सन्दर्भमा बढी सामग्रीहरु खपद हुने हुँदा अखाद्य बस्तु र म्याद गुज्रिएका बस्तुहरु बिक्रि वितरण नहोस् भन्ने हेतुले अनुगमन गरिएको बताए । अनुगमनको क्रममा अनुगमन समितिका संयोजक काफ्लेले पसलमा देख्ने गरी मूल्य सूची राख्न, साईनबोर्ड राख्न, व्यवसायको दर्ता, नविकरण गर्न, मदिरा व्यवसायीलाई ईजाजत लिएर मात्र व्यवसाय गर्न र व्यवसाय क्षेत्र वरपर सरसफाई गर्न निर्देशन गरिएको बताए । उनले नगरको सबै बजार क्षेत्रमा अनुगमनलाई प्रभावकारी रुपले नियमित गरिने समेत बताए ।
प्रतिक्रिया दिनुहोस्