२०८१ मंसिर ७
                           

काठमाडौं जिल्ला अदालत परिसरबाटै हतकडीसहित सिन्धुपाल्चोकका एक थुनुवा फरार

सिन्धुपाल्चोक १८ पुस – काठमाडौं जिल्ला अदालत परिसरबाट बुधबार सिन्धुपाल्चोकका एक थुनुवा हतकडी सहित फरार भएका छन् सिन्धुपाल्चोकका ३२ वर्षीय कमल खड्का हतकडीसहित फरार भएका हुन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई पक्राउ गरी अदालतमा म्याद थपका लागि लगेको थियो ।

अदालतमा म्याद थपका लागि लैजाँदा उनी अदालत भित्रैबाट हत्कडी सहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपि कुमोद ढुंगेलले जानकारी दिनुभयो । डलर साट्ने भन्दै ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्