२०८१ मंसिर ७
                           

खुल्ला ७ ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा

सिन्धुपाल्चोक ,२२ पुस
पुस २४ गते देखि सुरु हुने खुल्ला ७ ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आईतबार एक कार्यक्रमका बिच (लिःल फङ्ग) घले समाज सिन्धुपाल्चोकले प्रथम प्रविन घले स्मृति कप खुल्ला ७ ए साईड फुटबल प्रतियोगिता २०८० मा सहभागी टिमहरूको खेल तालिका सार्वजनिक गर्दे सबै तयारी पुरा भएको जनाएको हाे ।

घले समाजले यस वर्ष स्वाेर्गीय पुर्व अध्यक्ष प्रविण कुमार घलेकाे सम्झनामा माघ १ गते ल्हाेसरकाे अवसर पारेर प्रतियाेगिताकाे अायाेजन गर्न लागेकाे घले समाजका अध्यक्ष राम बहादुर घलेले बताउनुभयाे। उहाँले भन्नुभयाे,”ल्हाेसरकाे अवसर पारेर हामिले यसपटक पुर्व अध्यक्षकाे सम्झनामा फुटबल प्रतियाेगीता गरी अाफ्नाे सँस्कृतिलाई एतिहाँसिक रूपमा समपन्न गर्न पृथक ढंगले घले समाज लागि परेकाे छ ।”

खेल २४ गते उद्घाटन गरेर २९ गते सम्म सेमि फाईनल सम्मकाे समिकरण पुरा गरी माघ १ गते ल्हाेसरकाे दिन बृहत साँस्कृतिक कार्यक्रमका साथ चाैतारा बजारमा र्याली सहित अाफ्नाे पहिचानसंग सम्बन्धीत क्रियाकलापहरू गर्दे प्रतियाेगीता भव्य रूपमा सम्पन्न गर्ने याेजना रहेकाे अध्यक्ष राम बहादुरले सुनाउनुभयाे ।


सो प्रतियोगितामा १६ सहभागि टिमहरूले प्रतिस्प्रदा गर्ने छन । जसमा घलेसमाजले सार्वजनिक गरेकाे खेल तालिका अनुसार पुस २४ गते बिहान १०ः३० मा वडा नम्बर १ स्याउले र मेलचौर युवा जागरण समाज बिच पहिलाे खेल हुनेछ ।सोही दिन दिउसो २ः३० मा गाती युथ क्लब गाती र वडा नम्बर ६ पिपलडाँडा बिच प्रतिस्पर्धा हुनेछ ।

यस्तै २५ गते बिहान ८ः३० देखि रोयल्स फेमली चौतारासगँ जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले खेल्नेछ भने धार्पा फोर्स क्लब बाह्रबिसे र ईन्द्रवती ३ बिच बिहान १० :३० मा प्रतिस्पर्धा हुनेछ ।गौरती युथ क्लब र बनदेवी युथ क्लब बाह्रबिसे बिच दिउसो १ :३० मा हुनेछ भने दिउसो ३ः३० देखि चौतारा स्पोर्टिङ क्लब र जल्किनी युथ क्लब जल्किनीबिच हुनेछ ।


यस्तै २६ गते दिउसो १ः३० देखि राईडर्स फेमली वडा नम्बर ५ र सिन्धुपाल्चोक फोर्स क्लब लामोसाघु बिच खेल हुनेछ भने दिउसो ३ः३० देखि चौतारा फुटबल क्लब र रानीटार युथ क्लब डडुवा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै माघ १ गते सो प्रतियोगिताको विजेताले एक लाख ५१ ह्जार १ सय ५१ साथमा ट्रफी प्रमाणपत्र र दृतिय हुनेले नगद ७५ हजार ५ सय ५५ साथमा ट्रफी प्रमाणपत्र पाउने घले समाजका खेल व्यवस्थापन समितिका संयाेजक सञ्जय घलेले बतमउनुभयाे ।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाईलाई उत्कृष्ट फरवार्ड ,उत्कृष्ट डिफेन्स र उत्कृष्ट गोलकर्ता खेलाडीलाई जनही नगद सँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । “खेल अवदि भर खेललाई मर्यादित र बनाई अनुसासित ढंगले समपन्न गर्न घले समाजले जुन जिम्मेवारी मलाई दिएकाे छ त्यसमा अडिक रहि सम्पूर्ण घले युवाहरू एक जुट भई लागि पर्ने प्रतियेगिताका अायाेजक तथा व्यवस्थापक सञ्जय घलेले बतमउनुभयाे ।

उक्त  प्रतियाेगिता सफल बनाउनका निमित सहयाेग गर्नुहुने सम्पूण सहयाेगीहरू प्रति घले समाजले अाभार प्रकट गरेकाे छ ।लिःल फङ्ग घले समाज जिल्ला कार्य समिती सिन्धुपाल्चोकले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन पुस २४ गते चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले गर्नुहुनेछ भने खेलको समापन माग १ गते बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल सरदले गुर्नुहुनेछ ।

साथै फाईनल खेल बृहत साँस्किृतिक कार्यक्रम सहित मुग ल्हो लिःल ल्होसर सहित सम्पन्न गर्ने योजना रहेको आयोजक टिमले जानकारी दिएको छ । खेल चौतारा स्थीत टुडिखेलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्