उत्घाटनसत्रमा बोल्दै सांसद बस्नेतली चीनसंग कुटनैतिकरुपमा पहल नगरेसम्म तातोपानी नाका पूर्णरूपमा सञ्चालन नहुने बताए । चीन सरकारलाई सुरक्षाको पूर्ण अनुभूति दिंदै सरकारले गम्भीर भएर कुटनैतिक पहल गरे मात्र नाकाको भविष्य सुनिश्चित हुने उनको भनाइ छ ।
यसैगरी उत्घाटनसत्रमा बोल्दै क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले कृषिमा लगानी बढाउन नसकेसम्म मुलुकले आर्थिक प्रगति गर्न नसक्ने ठोकुवा गरे । सांसद सापकोटाले हरेक सफल मुलुकमा सरकार आफैले उच्चतम लगानी गरेरै समृद्ध बनेको उदाहरण दिंदै नेपालमा पनि सरकारले सोही मोडेलमा लगानी गर्नुपर्ने बताउए।
तातोपानी नाका सञ्चालनका लागि भूमिका निर्वाह गर्नेहरूप्रति उद्योग वाणिज्य संघ मौन रहेको भन्दै राजनीतिकरूपमा गिजोलिन खोज्दा परिणाम नकारात्मक आउने तर्फ सांसद सापकोटाले ध्यानाकर्षण गराए ।
सनिवार हुने निर्वाचनबाट कुशल नेतृत्व निर्वाचित होस भन्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरे ।
सभामा समन्वय प्रमुख बालकृष्ण श्रेष्ठ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, र त्रीपुरा सुन्दरीका अध्यक्ष भक्तध्वज बोहोरा लगायतको आतिथ्यता थियो ।
अध्यक्ष होमबहादुर बस्नेतको सभा अध्यक्षतामा भएको कार्यक्रममा उद्योग व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
अधिवेशनले आगामी ३ बर्षका लागि नयाँ कार्यसमितिको चयन गर्ने छ । सो का लागि सनिवार विहानबाट निर्वाचन सुरु हुने संघले जनाएको छ ।
अध्यक्षका लागि बुद्ध राज बस्नेत, शम्भु तिमल्सिना र सुमन खत्रीले उम्मेदवारी दिएका छन् । झण्डै २४ सय सदस्य रहेको उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकमा बरिस्ठ उपाध्यक्ष, दुतीय उपाध्यक्ष, र १५ सदस्यका लागि निर्वाचन हुदैछ ।
प्रतिक्रिया दिनुहोस्