२०८१ माघ २२
                           

मेलम्चीमा खोप, सरसफाइ , अभिमुखिकरण गोष्ठी सुरु

बैशाख ५, सिन्धुपाल्चोक । पुर्ण खोप सुनिस्चितता तथा नियमित खोप र सरसफाई प्रवर्द्धन सुदृढीकरणको लागि समिक्षा , अभिमुखिकरण तथा सूक्ष्म योजना तयारी गोष्ठी आज मेलम्चीमा सुरु भएको छ ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सुरु भएको गोष्ठीमा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपलिका स्वास्थ्य शाखा प्रमुख , स्वास्थ्य चौकी प्रमुख, खोप स्वास्थ्यकर्मी लगायत सहभागी छन ।

होटल मेलम्ची रिभर साइड इन र मेलम्ची क्याफे इनमा भै रहेको कार्यक्रम भोलि सम्म चल्ने छ ।

कार्यक्रमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले स्वास्थ्यकर्मीको पेशा सम्मानित रहेको बताउदै उत्कृष्ट हुने गरि जिल्लाका स्वास्थ्यकर्मीले काम गरिरहेको बताउदै अझ उत्कृष्ट काम गर्न आग्रह गर्नुभयो ।

उहाँले स्थानीय तहसंग सहकार्य गर्दै स्वास्थ्य कर्मीलाई सहजताका लागि यातायातको साधन उपलब्ध हुनु पर्नेमा जोड् दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाँइले कार्यक्रमको उदेश्य बारे प्रस्ट पार्नुभएको थियो । उहाँले पुर्ण खोप महिना सफल बनाउन लगायत सम्पुर्ण स्वास्थ्य क्षेत्रका काम सहज ढंगले गर्न स्वास्थ्य कार्यालयले सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाँले सिन्धुपाल्चोक जिल्ला स्वास्थ्यको क्षेत्रमा अघि रहेको बताउँदै अझ मेहनत गरेर काम गर्न स्वास्थ्य कर्मीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदीले स्वास्थ्य कार्यालयका गतिविधि तथा जनचेतनामूलक सामग्री प्रसारणमा रेडियो सदैव साथमा रहेको बताउनुभयो ।

सुवेदीले स्वास्थ्यसंग सम्बन्धि हरेक कार्यक्रमलाई घर घर सम्म पुर्याउन रेडियोले सहयोग गरिरहेको र आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख राजेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य मेलम्ची नगरपालिका स्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्