२०८१ मंसिर ७
                           

नगरपालिकाको सयोग पाएपछि चौतारा अस्पतालमा फिजियो थेरापी सेवा पुनः सञ्चालन

वैशाख २१,सिन्धुपाल्चोक । चौतारा अस्पतालले फिजियो थेरापी सेवा पुन सञ्चालनमा ल्याएको छ । वि.सं २०७२ सालदेखी २०७९ पौष सम्म ह्याण्डीक्याफ्ट इन्टरनेशनलको सहयोगमा सञ्चालनमा रहेको सेवा केही समय  रोकिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा फिजियोथेरापिस्ट र आवश्यक उपकरण उपलब्ध भएपछि  अस्पतालले सेवा प्रवाह पुनः सुचारु गर्न सफल भएको हो ।

शुक्रबार  चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले  फिजियो थेरापी सेवाको उद्घाटन गरेका हुन् ।अस्पतालले अञ्जना गुरुङलाई फिजियो थेरापिस्टको रुपमा केहि दिनअघि मात्र नियुक्त गरेको हो ।

नगरप्रमुख सापकोटाले फिजियो थेरापीस्ट र अस्पतालले गुणस्तरीय  सेवा दिन अस्पताललाई आग्रह गरे । उनले भने “हाम्रो चाहना भनेको समस्यामा परेका बिरामीले समयमा  सेवा लिन सकुन् भन्ने हो ।” यसको लागि अस्पतालको जनशक्तिको श्रम र परिश्रम साथै समय व्यवस्थापन महत्वपूर्ण हुन्छ ।  सेवामा लाग्दै गर्दा कर्मचारीको  विकास र संस्थागत विकासमा टेवा पुग्ने बताए ।

सपकोटाले प्रदेश सरकारको मापडण्डमा रहेर स्थानीय सरकारले निर्वाह गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट नगरपालिका  पछि नहट्ने र सदैव साथ सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

उनले चौतारा अस्पतालले सिङ्गो जिल्लाको मनोबैज्ञानिक र शारिरिक स्वास्थ समस्याहरु समाधान गर्नमा अग्रसर हुदै प्रभावकारी सेवा प्रवाहमा जुट्ट अस्पलालको सम्पूर्ण टिमलाई आग्रह गरेका छन् । नगरप्मुखले फिजियो संगै आयुर्बेद सेवालाईपनि संगै जोडेर लैजान सके झनै प्रवाहकारी हुने धारणा व्यक्त गरे ।

यसैगरी  जनस्वास्थ कार्यालय सिन्धुपाल्चोककी  प्रमुख  दुर्गा बजगाईले समुदाय स्तरमा रहेको बिमारीहरुलाई अस्पतालसम्म ल्याउने र सेवा दिएपछि घरसम्म पुर्याउनको लागि विविध समस्याहरु आईरहेकोले उक्त समस्या पार लगाउन स्थानीय सरकारको भूमिका रहनुपर्ने भनि नगर प्रमुखको ध्यानकर्षण गराइकी थिइन् ।

चौतारा अस्पतालका मेडिकल सुपरिटेण्डेन रुद्रमणी भण्डारीले प्रदेशकै नमुना अस्पताल बनाउने अभिप्रायका साथ हामी लागिपरेको भन्दै यसमा सवैको साथ र सहयोग आवश्यक रहेको सुनाए । उनले अव छिटटै डाईलासिसको सेवा सञ्चालनमा ल्याउन लागिरहेको समेत जनाकारी गराए ।

कार्यक्रमा चौतारा अस्पतालका लेखाअधिकृत षडानन्द घिमिरे र फिजियो थेराफिस्ट अञ्जना गुरुङलाई अस्पलात सञ्चालन समितिका अध्यक्ष टंक बहादुर कार्की र निमित्त मेडिकल सुपरिटेण्डेन रुद्रमणी भण्डारीले स्वागत गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्