३१ जेठ, सिन्धुपाल्चोक । बिहिबार मेलम्ची नगरपालिकामा नेकपा माओवादी केन्द्र मेलम्ची नगर समितिले विज्ञप्ती बुझाएका छन् । उनीहरुले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेटमा नगरवासीको पक्षमा आशालाग्दो र भर बजेट निमार्ण गनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका हुन् । समितिका अध्यक्ष सिपी दुलालको समुहले मेयर आइतमान तामाङलाई ज्ञापन पत्र बुझाएको हो ।
कृषि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा सिंचाई, उद्योग, खेलकुद, पर्यटन, सहकारी, सुशासन र सुरक्षाका विषयमा माग तथा सुझाव ज्ञापनपत्रमा उल्लेख छ ।ज्ञापनपत्र बुझ्दै मेयर तामाङले मेलम्ची नगर समृद्ध बनाउन सबैको सल्लाह लिने र त्यसै अनुरुप अघि बढ्ने प्रतिबद्धता जनाए ।
हेर्नुहोस् ज्ञापनपत्र
प्रतिक्रिया दिनुहोस्