२०८१ माघ २४
                           

चौताराका युवायुवतीले लिए १ महिने धिमे बाजा तालिम

२२ असार ,सिन्धुपाल्चोक । चौताराका १६ जना नेवार समुदायका युवायुवतीहरुले एड्भान्स १ महिने नेवारी धिमेवाजा तालिम लिएका छ्न ।  उद्योग तथा बाणिज्य कार्यालय , चौतारा सिन्धुपाल्चोकको सहयोगमा सिन्धु नेवा खल चौताराले तालिम प्रदान गरिएको हो ।

गत जेठ १ गतेबाट ३० गतेसम्म सञ्चालित तालिममा चौतारा बजारका १६ जना नेवार समुदायका युवायुवतीहरुको सहभागिता  थियो ।
शुक्रबार  चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिव श्रेष्ठले समापन  कार्यक्रममा बोल्दै  चौताराको धिमेबाजाले मौलिक संस्कृतिको झल्को दिएको बताए ।  श्रेष्ठले  आसपासका नेवार समुदायबाट  धिमेको माग भएकोले  सीपलाई व्यवहारमा उतारेर संस्कृतिको जगेर्ना संगै सिपको माध्यमबाट आत्मनिर्भर हुन आग्रह गरे ।

कार्यक्रमका पूर्व सांसद् कृष्णराज श्रेष्ठले धिमेबाजाले चौताराको छुट्टै पहिचान कायम गरेको बताए ।यसैगरी  ५ का पूर्व वडाध्यक्ष नरमान श्रेष्ठले आफ्नो कार्यकालमा भक्तपुरदेखी प्रशिक्षक ल्याएर चौतारामा धिमेबाजा भित्र्याएको बताए । तल्कालिन समयमा  हरीगोपाल श्रेष्ठ, अमृत श्रेष्ठ, बिरेन्द्ररत्न शाक्य र संसार श्रेष्ठ लगायतले खेलेको भूमिकाको चर्चा गरे । आफुले भिमसेन जात्राको क्रममा आदित्य श्रेष्ठको बाध्यवादनमा देखिएको लगाप र प्रस्तुतीले गर्दा आफू प्रभावित भएको बताए । श्रेष्ठले आगामी दिनमा धिमेको प्रवाहलाई गती दिन सवैको भूमिका रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहयोग गर्ने निकाय उद्योग तथा बाणिज्य कार्यालय सिन्धुपाल्चोकका उद्योग अधिकृत बिश्वनाथ काफ्लेले सीप र कला भएको मानिष भोकै नमर्ने भएकोले सीप र कलाको प्रयोगले आत्मनिर्भर हुँदै अरु नयाँ पुस्तालाई समेत संस्कृतिको जगेर्ना गरौ गरौँ लाग्ने अवस्था सिर्जना गर्न तालिममा सहभागि सवैलाई आग्रह गरे ।

सहभागि प्रशिक्षार्थीहरुलाई  प्रमाणपत्र बितरण गरिएको छ ।सिन्धु नेवाखलका उपाध्यक्ष कमलचरण कक्षपतिले चौतारा र आसपासका नेवारी समुदाय सवैलाई समेट्ने खालको फोरम स्थापना गरि धिमेसंगै अन्य नेवारी परम्परागत संस्कृतिहरुको समेत खोजतलास गरि प्रवर्धनमा लागि पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्