२०८१ मंसिर ६
                           

नेपालमा लगानी बढाउन स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह 

१६ श्रावण  – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन स्वीट्जरल्यान्ड सरकारलाई आग्रह गरे । शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताएको हो ।

प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै दुईपक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे

प्रतिक्रिया दिनुहोस्