‘गोरुले’
भोकमा -झोंकमा
जानमा-अन्जानमा
घाँस ठानेर
‘मयूर’ खायो
मान्छेहरूले
आपत्ति जनाए ,
नत्र, यहाँ,
पर्दाभित्र,
चुपचाप,
बाहरूले ,
दशकौंदेखि चिया ठानेर
खाइरहेछन्
‘गिरिबन्धू ‘,
दाईहरूले
नास्ता भनेर
चपाइरहेछन्
‘सुन र घून’,
भाउजूहरूले
तीजको दर मानेर
खाइरहेछन्
‘देश’,
तपाईं-हामी पनि त बर्षौंदेखि
प्रसाद ठानेर
खाइरहेछौं
तिनका
‘तलुवा’
तैपनि,
गोरूले आपत्ति जनाउँदैन ।
प्रतिक्रिया दिनुहोस्