२०८१ मंसिर ७
                           

बलेफीको झरनामा “क्यानोनिङ र रक क्लाइमिङ”

२७ श्रावण – बलेफी गाउँपालिका ३ चिलाउने स्थित ठूलो छाँगा (झरना) मा “क्यानोनिङ र रक क्लाइमिङ” सुरू गरिएको छ । यसका लागि बलेफी गाउँपालिकाले ३ लाख ५० हजार बजेट विनियोजन गरेका थिए । झरनामा आधारभुत पुर्वाधार तयार गर्न सो बजेटले काम गरिएको हो ।

ठुलो छाँगामा क्यानोनिङका लागि ३ स्तरको झरना रहेको स्थानीय युवा प्रीतम गोले तामाङले बताए । तामाङका अनुसार माथिल्लो झरना (अर्थात पहिलो) करिब ९ मिटरमा आधारभुत अर्थात सिकारुहरुलाई सिक्न, बिचको करिब १२ मिटरको झरनामा सिकेर जान्नेहरुलाई र तल्लो अर्थात तेस्रो झरनामा करिब १७ मिटरकोमा एडभान्सहरुका लागि उपयुक्त रहेको जानकारी दिए । स्थानीय १० युवाहरुलाई २ दिने आधारभुत तालिम समेत दिएको छन्।

प्रतिक्रिया दिनुहोस्