२०८१ माघ २
                           

नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङ्पाल गाउँपालिका कमिटीले ६ बुदे ज्ञापन पत्र बुझाए

३० श्रावण , सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) पाँचपोखरी थाङ्पाल गाउँपालिका कमिटीले लार्के खोलाको बाढी बाट क्षति भएको सडक , झोलुङ्गे पुल, खेतीयोग्य जमिनको तत्काल संरक्षण गर्न र क्षति भएको किसानको बालीनाली लगाएतको उचित क्षतिपूर्ति दिनको लागी ६ बुदे ज्ञापन पत्र बुझाएको छ ।

साथै इन्द्रावती नदिको उतिस घारी र ड्यामसाइटको बाटो तत्काल संचालन गर्न पार्टीले सहकार्य गर्ने पनि प्रतिबद्धता जनाएको छ ।पाँचपोखरी थाङ्पाल गाउँपालिकाको अध्यक्ष टाशी लामा अहिले दु:खद घडीमा अध्यक्ष जस्तो जिम्मेवार ब्यक्ति जनसम्पर्क बिहिन भएर बस्नु दु:खद रहेको र चाडै सम्पर्कमा आइ जनताको दुखमा मलम पट्टी लगाउनको लागि पनि संगठनको अध्यक्ष दिल बहादुरले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्